तामाङपेज संवाददाता ।
तनहुँ ।
नेपाल तामाङ घेदुङ भानुनगरपालिका अन्तर्गत पाँचसय डाँडा इकाई समितिको प्रथम भेला नेपाल तामाङ घेदुङका केन्द्रीय पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता धनप्रसाद डुम्जन तामाङको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।
प्रथम भेलाले स्थानिय शिवराम थिङको अध्यक्षतामा भानुनगरपालिकास्थित नेपाल तामाङ घेदुङ ,पाँचसय डाँडा इकाई समितिको उपाध्यक्ष कुलबहादुर दोङ,सचिव तेजकुमारी डिम्डुङ,कोषाध्यक्ष खम्बा लामा,सदस्यहरु: राजमान गोले,यामना लामा,रसमाया थोकर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
तनहुँस्थित संयुक्त पेमा छ्योइलिङ गुम्बाको प्राङ्गणमा सम्पन्न भेलामा नेपाल तामाङ घेदुङ,गण्डकी तमुवान मगरात प्रदेश अध्यक्ष दीपक वाईवा ,संघिय सदस्य धनसुब्बा तामाङ,लामागुरु सन्तबहादुर स्याङ्गबो तामाङले सफलताको लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सो प्रथम भेलाको संयुक्त पेमा छ्योइलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सोमराज थोकर तामाङको सभाअध्यक्षतामा सम्पन्न भेलाको ज्योति ब्लोन तामाङले संचालन गरेकी थिइन् ।
तस्बिर श्रोत :
दीपक वाईवा तामाङ