जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको एक प्रहरी टोलि फिकुरीमा आईपुग्यो

प्रहरी निरिक्षक सुदर्शन थापाको नेतृत्वमा आईपुगेको टोलिले चोरी,हातहतियारको ओसारपसार साथै अपराध नियन्त्रणको न्युनिकरण गर्न आईपुगेको जनाएका छन् ।

तामाङपेज संवाददाता ।

नुवाकोट।

जिल्ला प्रहरी कार्यालय नुवाकोट विदुरबाट प्रहरी निरिक्षक सुदर्शन थापाको नेतृत्वमा खटिएको टोलि मेघाङ गाउँपालिका हुँदै किस्पाङ गाउँपालिका -२ फिकुरीमा मंगलबार आईपुगेको स्थानिय सामाजिक अभियन्ता एवं संचारकर्मी कृष्णप्रसाद भट्टले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक थापाको कमाण्डमा खटिएको टोलिले स्थानिय प्रहरी कार्यालय,जनप्रतिनिधि ,समाजका सरोकारवाला व्यक्तिहरुसँग भेटघाट गरि हालको सुरक्षा अवस्था,समाजमा बढदै गएको चोरी,हातहतियारको ओसारपसार लगायतका सवालमा न्युनिकरण ,अपराधलाई शुन्यमा ल्याउनको लागि निगरानी ,जानकारी लिन आएको बताउनु भएको छ ।

प्रहरी निरिक्षक सुदर्शन थापाले छिमेकी जिल्ला रसुवाको डाँडागाउँ लगायतका स्थानहरुको स्थलगत रुपमा अवस्था बुझ्न समेत जानेकुरा जनाउँदै नेपाल प्रहरी शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सदा तयार रहेको जनाएका छन् ।

प्रकाशित: समय: 15:15:28  839पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार