प्रतिनिधि सभाका सांसद एवं युवा नेता योगेश भट्टराई असार २८ गते लमजुङ जाँदै

नेपाल अलैंची व्यवसायी महासंघ लमजुङको दोश्रो अधिवेशनलाई सम्बोधन गर्न सांसद एवं युवा नेता भट्टराई लमजुङ जानुहुने भएको छ ।

तामाङपेज संवाददाता ।

लमजुङ ।

नेपाल अलैंची व्यवसायी महासंघ लमजुङको दोश्रो जिल्ला अधिवेशनको उदघाटन तथा सम्बोधन नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता एवं प्रतिनिधि  सभाका सांसद योगेश भट्टराईले असार २८ गते लमजुङ जानुहुने भएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक अजय तामाङले युवा नेता एवं  सांसद भट्टराईलाई प्रमुख अतिथिको रुपमा नेपाल अलैंची व्यवसायी महासंघ लमजुङले आमन्त्रणा गरेको जनाएका छन् ।

महासंघ लमजुङको दोश्रो अधिवेशन जिल्ला समन्वय समिति लमजुङको सभाहलमा हुने भएको छ।

प्रकाशित: समय: 23:49:39  942पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार