कोन्ज्योसोम गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभुत तालिम


तामाङपेज संवाददाता ।

ललितपुर ।

हाम्रो समस्या,हाम्रै समाधान मेलमिलाप भन्ने मुकनारासहित कोन्ज्योसोम गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभुत तालिम न्यायिक समितिका संयोजक एवं कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाको सभाअध्यक्षतामा सोमबारदेखि चौंघरेमा सुरु भएको छ ।

 

स्थानिय समाजसेवी एलकुमार तामाङकानुसार कोन्ज्योसोम गाउँपालिका स्तरिय सो तालिम आगामी सोमबार अर्थात असार ३० गतेसम्म न्यायिक सम्बन्धी सरोकारवाला प्रशिक्षार्थीहरुलाई मुख्य प्रशिक्षक महेन्द्र प्रसाईं लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको र यस तालिमको आयोजना कोन्ज्योसोम गाउँपालिकाले आयोजना गरेको जनाएका छन् ।

 

प्रकाशित: समय: 22:53:48  606पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार