श्याम तामाङ,तामाङपेज ।
काठमाडौं ।
सिन्धुपाल्चोक जिल्ला ,हेलम्बु गाउँपालिका वडा नं.१ धाक्पाखर्ककी कान्छिडोल्मो ह्योल्मोले मेरो अभियान ह्योल्मोको पहिचान सँग सँगैं हिडौं भन्ने अभियानकासाथ २०७६ जेठ ९ गते बिहीवार बिहान ५ बजेर २० मिनेट जाँदा सगरमाथामा पाईला टेक्न सफल भएर प्रथम ह्योल्मो महिला सगरमाथा आरोहीको विश्व कीर्तिमान कायम गर्न सफल भएको अवसरमा शनिबार ह्योल्मो गुम्बा तिनचुली काठमाडौंमा हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन ह्योल्मोको प्रमुख आतिथ्यमा नेपाल बौंद्ध महासंघका केन्द्रीय महासचिव एवं खेन्पो कमल भण्डारीको विशेष आतिथ्यमा धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गर्नु भएको छ ।
प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मो ह्योल्मोलाई ह्योल्मो समाज इजरायलका अध्यक्ष सर्किनी ज्याबा ह्योल्मो ,महासचिव समीर स्याङबा ह्योल्मोबाट हस्ताक्षरित प्रशंसा पत्र प्रमुख अतिथि एवं हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन ह्योल्मो,विशेष अतिथि नेपाल बौंद्ध महासंघमा महासचिव एवं बौद्ध धर्म गुरु खेन्पो कमल भण्डारी र ह्योल्मो समाज इजरायलयका पुर्व अध्यक्ष छेसाङ स्याङबा ह्योल्मोले प्रदान गर्नु भएको थियो।
आरोहणको क्रममा विभिन्न तरिकाले सहयोग गर्ने सहयोगी दाताहरु ब्यक्ती तथा निकायहरुलाई धन्यवाद ज्ञापनसहित कृतज्ञता व्यक्त गरिएको प्रशंशा पत्र प्रदान गरिएको प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोले बताएकी छिन् ।