करण तामाङ, नुवाकोट ।
तामाङपेज ।
नुवाकोटमा ११औं राष्ट्रपति रनिङ शिल्ड कराँते छनाैट प्रतियोगिता बट्टार कभर्डहल नुवाकोटमा साेमबार सम्पन्न भएको छ । प्रतियोगितामा महिला ५० किलाे ताैल समुहमा बेलकाेटगढी की अन्जु तामाङले स्वर्णपदक हात परेकी छिन् । यसै ताैल समुहमा द्धितिया हुनेमा मेघाङ गाउँपालिकाकी शान्ति तामाङ , तृतीयामा रचना तामाङ र निमाेसा खड्का रहेका छन् । यसैगरी महिला ४५ किलाे ताैल समुहमा मेघाङ गाउँपालिका की अनिता तामाङले स्वर्णपदक प्राप्त गरेकी छिन् भने द्धितिया हुनेमा बेलकाेटगढीका शर्मिला तामाङ तथा तृतीया हुनेमा पुष्पका लामा र मेघाङकी अनिता तामाङ रहेकी छिन् । यसैगरी महिला ४० किलाे ताैल समुहमा प्रथम विदुर नगरका प्रास्ना पण्डित , द्धितिया बेलकाेटगढीका सावित्री राई र तृतीया बेलकाेटगढीकै सुस्मिता राई र आकृति राई रहेका छन् । पुरुष ४२ किलाे ताैल समुहमा लिखु गाउँपालिकाकाे अर्जुन तामाङ प्रथम , द्धितिया बेलकाेटगढीका सञ्जित गमर , तृतीयामा मेन्साङ तामाङ र अनिष राई रहेका छन् भने पुरुष ४७ किलाे ताैल समुहमा प्रथम विदुर नगरका विकेश थापा , द्धितियामा मेघाङ गाउँपालिकाका सेल्कर तामाङ र तृतीयामा बेलकाेटगढीका रुपेश राई , मेघाङ गाउँपालिकाका राजेन्द्र तामाङ रहेका छन् । पुरुष ५२ किलाे ताैल समुहमा प्रथम लिखु गाउँ पालिकाका मीन बहादुर तामाङ , द्धितियामा बेलकाेटगढीका सन्दिप श्रेष्ठ तथा तृतीया मेघाङ गाउँपालिकाका राेशन परियार र किरण तामाङ रहेका छन् ।
यस प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरुले प्रदेश नम्बर तीन स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोटको नेतृत्व गरेर सहभागी हुन पाउने छन् । विजेता हुने सबै खेलाडीहरुलाई नुवाकोट जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईले प्रतियोगिता समापन समाराेहमा बधाई ज्ञापन गर्नु भएको थियाे ।