तामाङपेज संवाददाता ।
ललितपुर ।
महाँकाल गाउँपालिका-३ गोटिखेलमा रहेको श्री महाँकाल माविबाट एसइइ-२०७५ मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विधाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वडाअध्यक्ष गंगाराम तिमल्सिनाले एसइइ परिक्षामा उतिर्ण उत्कृष्ट अंक ल्याइएका र उतिर्ण भएका छात्रा-छात्रहरुलाई बधाई तथा सम्मान गरेका छन् ।
प्रमुख अतिथि एवं वडाअध्यक्ष तिमल्सिनाले विधाई स्वरुप सफलताको लागि शुभकामना सहित मायाको चिनो स्वरुप गिलास एसइइ उतिर्ण छात्रा- छात्रहरुलाई प्रदान गरेका थिए ।
गोटिखेलको श्री महाँकाल माविमा आयोजित कार्यक्रममा श्री महाँकाल माविका प्र.अ.केशवप्रसाद घिमिरे,शिक्षक,शिक्षिकाहरु,अभिभावक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,जनप्रतिनिधिहरु,विद्यार्थीहरुको सहभागिता रहेको थियो ।