वाग्मती – ४ प्युटारस्थित खैरेनीमा ङ्युङने कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।

उर्गेन देक्षेलिङ गुम्बाको आयोजनामा वाग्मती – ४ प्युटारस्थित खैरेनीमा बिहिवारदेखि सुरु भएको ङ्युङने (उपसव्रत ) सोमबार वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यमा सम्पन्न भएको गुम्बाका प्रमुख लामा संजय लामाले बताउनु भएको छ ।

संचारकर्मी प्रकाश थिङकानुसार ङ्युङने (उपसव्रत) कार्यक्रममा प्युटार,आश्राङ,इकुडोल,माल्टा र मकवानपुरको मन्थली,ईपाका भक्तजनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा बौंद्ध धर्म गुरु तेन्जिङ गोम्देनबाट बौंद्ध धर्म सम्बन्धि प्रवचन र प्रमुख लामा संजय लामाबाट वाङ( अभिषेक) भक्तजनहरुलाई प्रदान गरेको ङ्युङने (उपसव्रत) व्यवस्थापन समितिका सचिव रामलाल बम्जन तामाङले जानकारी दिएको तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

 

 

प्रकाशित: समय: 14:28:15  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार