सिन्धुपाल्चोककी प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छिमाया तामाङसहित चारजना महिला अधिकारकर्मी सम्मानित


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

चितवन ।

मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको लागि क्रियाशिल आफन्त नेपालले आईतबार भरतपुर चितवनमा अदम्भ साहसको अनुभव: रुपान्तरणको निम्ति प्रेरणाको श्रोतमा चार जना महिला अभियन्ताहरुलाई जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीको प्रमुख आतिथ्य ,भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहको विशेष आतिथ्य तथा मानव बेचबिखनमा प्रभावित महिला शान्ता विश्वकर्माको सभाअध्यक्षतामा सम्मान कार्यक्रम भएको छ ।

आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले तामाङपेजसँगको सम्पर्कमा जानकारी गराउनु हुँदै सगरमाथा आरोहण गर्दा संस्थाको नारासहित लोगो ,मानव बेचबिखन तथा लैंङ्गिक हिंसा अन्त्यका लागि खेल्नु भएको योगदानको निमित्त सगरमाथा आरोही कान्छिमाया तामाङ ,मानव बेचबिखन तथा लैंङ्गिक हिंसा अन्त्यका लागि कार्य गरेबापत छोकी शेर्पा,एच.आई.भी.संक्रमित भइ एच.आई.भी.संक्रमितको न्युनिकरण,जनचेतनाको लागि योगदानमुलक कार्य गरेकी दीक्षा रिमाल र मानव बेचबिखनमा  परि मानव बेचबिखनका विरुद्ध ,न्युनिकरण गर्न योगदान दिलाएवापत निशा गिरिलाई प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीबाट सम्मान पत्र प्रदान गर्नु भएको जनाएका छन् ।

आफन्त नेपाल नामक संस्थाले स्थापनाको १२ औं वर्षदेखि नेपालमा मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्य विरुद्ध कार्य गर्दै आईरहेको निर्देशक भट्टराईले बताउनु भएको छ ।

आफन्त नेपालले आईतबार चितवन भरतपुरमा आयोजित कार्यक्रममा सम्मानित मध्ये एक सिन्धुपाल्चोककी सगरमाथा आरोही कान्छिमाया तामाङ ,तामाङ समुदायमा पहिलो तामाङ महिला सगरमाथा आरोही सिन्धुपाल्चोककी हुन् भने सन् २०१७ मे २१ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नु भएको हो ।

 

 

प्रकाशित: समय: 13:23:27  612पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार