गोदावरी -१३ स्थित श्री सन्तानेश्वर महादेव मन्दीरलाई भैरव गणद्वारा बेञ्च प्रदान


श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.१३ स्थित श्री सन्तानेश्वर महादेव मन्दीरलाई नेपाली सेनाको लेलेमा रहेको श्री भैरव गणका प्रमुख सेनानी एवं गणपति रणबहादुर खड्काले सोमबार मन्दीरका पुजारीलाई गणको तर्फबाट तयार गरिएको बेञ्च प्रदान गर्नु भएको छ ।

श्री भैरव गणका गणपति एवं प्रमुख सेनानी खड्काले भक्तजनहरुलाई बस्न ,आराम गर्न सुविधा होस् भन्ने उद्धेश्यले नेपाली सेनाको श्री भैरव गणले बेन्च प्रदान गर्नु भएको जानकारी दिएका छन् ।

गणले कोन्ज्योसोम -४ नल्लुको पाथीभरा देवी मन्दीर ,टिकाभैरव मन्दीरलाई पनि बेञ्च केही दिन अघि प्रदान गरेको थियो ।

प्रकाशित: समय: 12:01:30  876पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार