कोन्ज्योसोम गाउँपालिकाद्वारा सरोकारवालाहरुमा अनुरोध

भोलि देखि नेपाली सेनाको तालिम अभ्यासको सिलसिलामा लाइभ फायरिङ हुने भएकाले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महतद्वारा हस्ताक्षरित पत्रबाट सबैलाई जानकारी गराएका छन् ।

तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महतले गाउँपालिकाको तर्फबाट सरोकारवालाहरुलाई जानकारीको लागि जानकारी पत्र सार्वजनिक गरेको छ ।

 

गाउँपालिकाबाट जारी गरेको उक्त पत्रमा नेपाली सेना युद्ध भैरव गण महाराजगन्जको प.सं.१४०१६ जि/ ०७५/०७६ को वि.सं.२०७६ असार १७ को पत्रानुसार तपसिल बमोजिमको मिति र स्थानहरुमा नेपाली सेनाको तालिम अभ्यासको सिलसिलामा प्लाष्टिक राउण्ड,डेटुनेटर,डेढकड,फायर गरि तालिमका प्रशिक्षार्थीहरुलाई हतियारसहित लाइभ फायरिङ समेत हुने भएको भनी लेखि आएको गाउँपालिकाको पत्रमा असार २४ गतेदेखि २६ गतेसम्म लेले,नल्लु,शिरपाखा,दलचोकी,चौंघरे,भारदेउ,मानिखेल,गोदावरी क्षेत्रहरु र कालेश्वरका वासिन्दाहरुलाई उक्त समयमा सो ईलाकामा वसोवास गर्ने एवं आवातजावत गर्नुहुने सम्बन्धित सबैंमा जानकारी गराईएको छ भनेर कोन्ज्योसोम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महतले हस्ताक्षरित पत्रमा कोन्ज्योसोम गाउँपालिकाले सरोकारवाला सबैमा जानकारी गराएका छन् ।

प्रकाशित: समय: 9:39:26  615पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार