हरिनास-३स्थित चिसापानीकी १५ वर्षिय कुसुम मल्ललाई उपचारका निमित्त आर्थिक सहयोग गर्न आग्रह


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

स्याङ्जा ।

हरिनास गाउँपालिका -३ चिसापानीकी १५ वर्षीय कुसुम मल्ल ठकुरी केही दिन अघि खनायोको घाँस काटने क्रममा लडेर हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराई रहेको पारिवारिक श्रोतले जनाएको छ ।

एसइइ परिक्षामा बि प्लसमा उतिर्ण गरेकी कुसुमको ढाडमा समस्या देखिएको र अप्रेसन गर्न चिकित्सकले ३ देखि ४ लाख आर्थिक रकम आवस्यक रहेको चिकित्सकले जनाएपछि बुबा डोलराज मल्ल ठकुरी चिन्तित छन् ।

आफ्नो छोरीको उपचार गर्न आर्थिक अभाव भएको तामाङपेजसँगको सम्पर्कमा रुदैं डोलराजले सहयोग गर्न आग्रह गर्नु भएको छ ।

पन्ध्र वर्षीय कुसुमको उपचारको लागि आर्थिक सहयोग गर्न बुबा डोलराज मल्ल ठकुरी सम्पर्क नं.९८१६ १७८९३८ र दिदी पुजा मल्ल ठकुरी सम्पर्क नं.९८२१ ३६२८२० मा सम्पर्क गरेर सक्दो आर्थिक सहयोग गर्न पारिवारिक श्रोतले स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 22:49:14  488पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार