नुवाकोटमा राष्ट्रपति रनिङ शिल्ड कराँते च्याम्पियनसिप सोमबार हुँदै


तामाङपेज संवाददाता ।

नुवाकोट ।

नुवाकोट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड कराँते च्याम्पियनसिप बट्टार कभर्डहल नुवाकोटमा भोलि साेमबार हुने भएको छ । नुवाकोटका प्रत्येक नगर तथा गाउँपालिकामा छनाैट कराँते प्रतियोगिता सकिए पश्चात् जिल्ला स्तरिय कराँते च्याम्पियनसिप हुन लागिएको हाे ।

नुवाकोटका १२ वटा स्थानीय तहबाट छनाैट भएर आएकाे खेलाडीहरुले मात्र च्याम्पियनसिपमा सहभागी हुन पाउने छन् । च्याम्पियनसिपका लागि कराँते रेफ्रि छनाैटका क्रममा राष्ट्रिय रेफ्रि अष्टविर लामा , राष्ट्रिय रेफ्रि करण तामाङ घलान , चुपेन्द्र सिङ तामाङ , अमृत तामाङ , राेहिनी पण्डित , पुस्कार मल्ल लगायत रहेका छन् । च्याम्पियनसिप नेपाल सितोरियो कराँते संघ नुवाकाेटकाे संयाेजकत्वमा हुन लागिएको हाे । नुवाकोटमा कराँतेकाे इतिहास हेर्ने हाे भने वि सं २०५० मा दर्ता पाएर अहिलेसम्म दुईदशक भन्दा बढी बितिसकेको छ । यस समय अवधिमा विभिन्न राष्ट्रिय रेफ्रि , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन भई सकेको छ ।

आफूले गरेको संघर्षले नुवाकोटमा अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्रिहरु पाएकाेमा जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईले तामाङपेज संग कुरा गर्दै खुसी व्यक्त गरे ।

प्रकाशित: समय: 21:19:47  521पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार