वाग्मती गाउँपालिका भित्रका विद्यालयहरुको प्रथम त्रैंमासिक परीक्षा असार २६ गते बिहान ११ बजेबाट सुरु हुने


तामाङपेज संवाददाता ।

ललितपुर ।

वाग्मती गाउँपालिकाको घुसेल,माल्टा,भट्टेडाँडा,प्युटार,इकुडोल,आश्राङ,गिम्दीमा रहेका सामुदायिक विद्यालयहरुमा असार २६ गते बिहान ११ बजेबाट शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको गाउँपालिका स्तरीय शैक्षिक प्रथम त्रैंमासिक परीक्षा संचालन हुने कुरा समेतको परीक्षा कार्य तालिका सार्वजनिक गरेको छ।

समितिको च.नं.१/०७५/०७६ को वि.सं.२०७६ असार २० गते परीक्षा समितिका थलप्रसाद तिमल्सिनाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए बमोजिम परीक्षा मर्यादीत,अनुशासनपुर्वक संचालन गर्न वाग्मती गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका प्र.अ.,शिक्षकहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,विद्यार्थी,अभिभावक एवं  सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

 

प्रकाशित: समय: 19:22:26  696पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार