श्याम तामाङ,तामाङपेज ।
ललितपुर ।
कोन्ज्योसोम गाउँपालिका-२ शंखुस्थित मगरगाउँका एक बीस वर्षे युवा नविन घिसिङ तामाङ केही वर्ष अघिदेखि लगानी गरेर सातसमुन्द्र पारी ,खाडिमुलुक विदेश जानुको साटो गाउँमा नैं कृषि पेशामा लागि परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता कृष्णमान लामा,आफ्नो बुबा मुमा ,घर परिवारको प्रेरणा र मार्गदर्शनले कृषि पेशा अंगालेको तामाङपेजसँग कुराकानी गर्दै नवीनले बताउनु भएको छ ।
विं.सं.२०७१ सालमा एस.एल.सि.परिक्षा दिई २०७२ मा एस.एल.सि.उतिर्ण गरेपछि नविनले प्राविधिक शिक्षातर्फ कृषि विषय नैं पढेपछि आर्थिक वर्ष ०७४/०७५ देखि रु. दुई लाख लगानी गरेर आफ्नै साँढे दुई रोपनी जग्गामा मौसमा अनुसारको साग,फर्सी ,खुर्सानी ,मुला ,गाँजर,साग,काक्रो,धनियाँ,गोलभेंडा जस्ता तरकारी खेती,बुबामुमा,भाइ र आफू मिलेर गर्न थाले ।
तामाङपेजसँगको कुराकानीमा आफ्नै भुमिमा ,स्वदेशमा नैं आफ्नो,घर,परिवारसँगै बसेर कृषि व्यवसाय गरेर बस्दा वर्षको दुई लाखसम्म आम्दानी गर्न सफल भएको जनाएका छन् ।
कृषि व्यवसायी नविनले खासै बजारको समस्या छैन,प्राविधिक ज्ञानको कमि छैन तर खानेपानीको समस्या छ ,अब खानेपानीको समस्या हल भयो ,खानेपानी पर्याप्त आयो भने पाँच रोपनी जति बारी भाडामा लिएर व्यवसायिक खेतिको रुपमा कृषि व्यवसाय गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ ।
कोन्ज्योसोम-२ शंखुस्थित म्हानेचौंरमा रहेको श्री मगरगाउँ माविमा कृषि प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुलाई कृषि सम्बन्धि शिक्षण समेत दिँदै आउनु भएका बीस वर्षे युवा कृषि व्यवसायी नविन घिसिङ तामाङको कृषि व्यवसायबाट जोकोहीले पनि पाठ सिक्न सकिन्छ नैं !
यस्ता दक्ष कृषकहरुको श्रम,मेहनतको लागि स्थानिय सरकार,कृषि सम्बन्धि सरोकारवाला निकायले साथ दिन सकेको खण्डमा नविननको कार्यमा नविनयुक्त कृषि व्यवसायी बनाउनेमा स्थानिय सरकार,कृषि सम्बन्धि निकायको ध्यान जान सके सुनमा सुगन्ध हुने थियोकी?