खाँडादेवी-५ गोगनपानीस्थित झ्याङछ्युव छ्योर्तेनको अर्थ मन्त्री ढुंगेलद्वारा अवलोकन


तामाङपेज संवाददाता ।

रामेछाप ।

प्रदेश नं.३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले शनिबार खाँडादेवी-५ गोगनपानीमा निर्मित झ्याङछ्युव छ्योर्तेनको अवलोकन र निकट वर्षमा नैं निर्माण हुन लागेको थार्पा छ्योईलिङ गुम्बा निर्माणको बस्तुगत अवस्थाबारे अवलोकन तथा छ्योर्तेन र गुम्बा निर्माणका पदाधिकारीहरुसँग भेटघाट गर्नु भएको छ ।

स्थानिय सामाजिक अभियन्ता गौतम मोक्तानले तामाङपेजसँगको सम्पर्कमा आर्थिक मन्त्री ढुंगेलसमक्ष थार्पा छ्योईलिङ गुम्बाका उपाध्यक्ष राज घिसिङ,हरि मोक्तान,इन्द्रसिंह घिसिङ,धर्म खत्री,दीपक मोक्तान लगायतले गुम्बा निर्माणको लागि करिब / करिब ३ करोड लाग्ने माग राख्नु भयो ।

समितिका पदाधिकारीहरुले राखेको मागको सम्बन्धमा मन्त्री ढंगेलले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको जनाएका छन् ।

गोगनपानीमा झ्याङछ्युव छ्योर्तेन र थार्पा छ्योईलिङ गुम्बाको निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको गन्तब्य स्थल बन्न सक्ने स्थानिय हरि मोक्तानले बताउनु भएको छ।

प्रकाशित: समय: 14:06:53  1046पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार