गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको १८ औं शृङ्खला रचनाटार पुलमा सम्पन्न,दुई टन फोहोर व्यावस्थापन


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको १८ औं शृङ्खला आईतबार गोदावरी खोला रचनाटार पुलमा सम्पन्न भएको अभियानकी मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापाले जनाएकी छिन् ।

गोदावरी खोला क्षेत्र रचनाटार पुल आसपासमा गरिएको सरसफाईमा करिब दुई टन फोहोर संकलन भएको र सो फोहोर नेप्को नेपालले गरेको मुख्य अभियन्ता एवं संयोजक थापाले बताउनु भएको छ ।

 

महिला एवं बालबालिकाको पहलमा गरिएको सरसफाई अभियानमा गोदावरी खोला क्षेत्र सरसफाई अभियन्ताहरु कुन्ता थापा,नारायणी पाण्डे,तारा खड्का ,सुबोध थापा,रन्जिता खत्री,दिलेन्द्र थापा,प्रशान्त थापा,दिलिप थापा ,मुक्तिनाथ विकास बैंकका कर्मचारी,महिला,बालबालिका ,अन्य स्थानका सरसफाई अभियन्ताहरुको सहभागिता रहेको सरसफाई अभियानको संचालन गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियन्ता मन्जु भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित: समय: 12:33:46  633पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार