खास्ति नेवा पु:च बौंद्धको २० औं अधिवेशन सम्पन्न,अध्यक्षमा दिनेश श्रेष्ठसहित पदाधिकारी निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

काठमाडौं ।

खास्ति नेवा पु: च बौद्धको २० औं अधिबेशन शनिबार गोकर्णेश्वरस्थित उत्तर बाहिनीमा श्री बौंद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

छ्योर्तेन मासिक पत्रिका सहसम्पादक एवं पत्रकार अमित लामाकानुसार सो अधिवेशनले निर्वाचन आयुक्त देबकुमार लामाको निर्वाचन मण्डलले खास्ति नेवा पु:च बौंद्धको अध्यक्ष दिनेश श्रेष्ठ,उपाध्यक्ष मजिन्द्र सिंह,सचिव शंकर सिंह,सहसचिव शुशिलमान श्रेष्ठ ,कोषाध्यक्ष सुरेन्द्र सुवाल,सहकोषाध्यक्ष योगेन्द्रचरण श्रेष्ठ ,सदस्यहरु राजबहादुर शाक्य,सुरेश जोशी,सरला सुवाल,गैत्तमबुद्ध शाक्य ,बले लामा निर्विरोध निर्वाचित घोषणा भएको जनाएका थिए ।

अधिवेशनमा काठमाडौं महानगरपालिका वडा नं.६ बौंद्धका वडाअध्यक्ष दीपेन्द्र लामा ,लुम्बिनी विकास कोष पुर्व उपाध्यक्ष गजेन्द्रकुमार लामा,पुर्व बौंद्धका वडाअध्यक्ष नेपालजीत लामा,श्री बौंद्धनाथ क्षेत्र विकास समिति पुर्व अध्यक्ष सम्पुर्णकुमार लामा,जयमंगल लामा,सामुदायिक सेवा समिति बौंद्ध अध्यक्ष वीरबहादुर वाईवा,खेलाडी एवं प्रशिक्षक देवकुमार लामा,ओम तामाङ सुख दु:ख सेवा गुठी अध्यक्ष सुरज लामा,छोरङान महिला समाज अध्यक्ष माया थिङ तामाङले अधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुहुँदै बौंद्धमा नेवार र तामाङबीच नङ र मासुको जस्तो सम्बन्ध भएको बताउनु भएको थियो ।

अधिवेशनमा खास्ति नेवा पु: चका आजीवन सदस्यहरु,सदस्यहरु,सल्लाहकार ,नेवार समुदाय लगायत अन्य महानुभावहरुको समेत उपस्थित रहेका थिए।

प्रकाशित: समय: 10:20:47  339पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार