संगीता तामाङ।
तामाङपेज, रसुवा।
नर्स प्रतिमा लामाले कालिका गा.पा. वडा नं १ (ग्राङमा) स्वास्थ्य र शिक्षा सम्बन्धि प्रशिक्षण दिएकी छिन्। स्वस्थ र शिक्षित सामाज निर्माण अभियानमा रहेकी नर्स प्रतिमाले रसुवाको विभिन्न गाउँका विद्यालयहरूमा गई स्वस्थ्य हाईजिन प्रशिक्षण दिने पूर्व घोषित कार्यक्रम अनुसार नर्स आसार १९ गते कालिका गाउँपालिका वडा नं १ स्थित श्री ग्राङ प्राथमिक विद्यालयका १६३ जना विद्यार्थीहरूलाई स्वास्थ्य हाईजिन सम्बन्धि ह्यान्ड वासिङ प्रशिक्षण दिएकी हुन् ।
उनले विद्यार्थीहरूलाई आफूले सिकेका कुरा आफ्नो घर परिवारलाई पनि सिकाउन सुझाब दिईन् साथै उनलेे कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक आवश्यक पर्ने स्टेसनरी सामाग्री पनि वितरण गरेकी थिईन् । सामाग्रीमा कपि,कलाम,ईरेजर, नेलकटर, डिटोल साबुन, ब्रस, टुथ पेष्ट आदि रहेका छन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिकाहरू र गाउँका केही अभिभावकहरूको पनि उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री राजन तामाङले नर्स प्रतिमालाई खाता लगाई धन्यवाद दिनुका साथै उनले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू ल्याई दिन अनुरोध गरे। शिक्षक शिक्षिकाहरूले पनि यस्ता कार्यक्रमले विद्यालयका गरीब विद्यार्थीहरूलाई केही भए पनि आर्थिक टेवा पुग्ने बताए।
अभियन्ता प्रतिमा लामाले पश्चिमाञ्चल विश्वविद्यालयबाट बिएसि नर्सिङ गरेकी हुन् ।