गोरखापत्रकी पत्रकार शान्ति लामालाई कीर्तिपुरमा आक्रमण ,मोबाईल सुद्धो खोसियो,दोषिमाथि कार्वाही गर्न माग


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं ।

कीर्तिपुर नगरपालिका वडा नं.५ भत्केपाटीस्थित जाखामा सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धि समाचार संकलन गर्ने क्रममा शनिबार बिहान गोरखापत्र दैनिककी पत्रकार शान्ति लामालाई लछारपछार गर्दैं,मोबाईल समेत खोसेर  आक्रमण सहित दुर्व्यवहार भएको छ ।

सानू धिमाल भन्ने ब्यक्तिले सार्वजनिक जग्गा कुवा,गोरेटो,बाटो र खानेपानीको लाइन मिचेर घर बनाएको सूचना स्थानीय वासीले दिएपछि स्थलगत रिपोर्टिङको लागि पत्रकार लामा कीर्तिपुर भत्केपाटीस्थित जाखामा पुगेकी थिइन् ।

पत्रकार शान्ति लामाले स्थानीय वासीको एक समुहले निज धिमालको घर ढलान गरेको घरको केही भाग भत्काईएको तस्बिर खिचेपछि तस्बिर खिच्न प्रयोग गरिएको मोबाईल खोस्दै लछारपछार गरेर आक्रमण गरेकोप्रति तामाङ पत्रकार संघका केन्द्रीय महासचिव बुद्ध योन्जन लामाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरेर दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न नेपाल पत्रकार महासंघ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघसँग नेपाल सरकारसमक्ष पहल गर्न माग समेत गरेको छ ।

गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामा ,विगत लामो समयदेखि पत्रकारितामा क्रियाशिल ,तामाङ पत्रकार संघको केन्द्रीय पूर्व सचिव ,गोरखा एफ.एम.उज्यालो नेटवर्क ,तामाङ सरोकार लगायतका संचारमाध्यममा समेत कार्यरत हुनुहुन्थ्यो ।

तामाङ पत्रकार संघद्वारा जारी गरिएको प्रेस विज्ञप्ति:

 

 

प्रकाशित: समय: 22:41:27  1557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार