शंखुस्थित श्री मगर गाउँमाविमा एसइइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुस्थित श्री मगर गाउँ माविका २०७५ सालमा एसइइ परीक्षाको नतिजामा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान समारोह कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।

 

कोन्ज्योसोम -२ शंखुका वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले तामाङपेजसँगको सम्पर्कमा जनाएनुसार उक्त कार्यक्रममा एसइइ परीक्षा -२०७५ मा ए प्लस बि प्लस सि प्लस ल्याएर उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गाउँपालिका अध्यक्ष सिंतानले गर्नु भएको थियो ।

समारोहमा श्री मगरगाउँ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान लामा,प्र.अ.फुलध्वज लामा,विद्यार्थीहरु,अभिभावकहरु,शिक्षक,शिक्षिकाहरु,वडाका जनप्रतिनिधिहरु,अन्य महानुभावहरुको सहभागिता रहेको वडाअध्यक्ष घिमिरेले जनाएका छन् ।

 

 

 

प्रकाशित: समय: 19:46:04  770पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार