तामाङपेज संवाददाता ।
धनुषा । महिला एवं बालबालिकाहरुको पहलमा सरसफाई मुख्य अभियन्ता एवं संयोजक रुबिकुमारी झा र युवा सरसफाई अभियन्ता दीपककुमार चौधरी लगायतको विशेष पहलमा जनकपुर रेल्वेक्षेत्रमा साप्ताहिक सरसफाई अभियानको २९ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
युवा सरसफाई अभियन्ता दीपककुमार चौधरीले सरसफाई अभियानमा जनकपुर रेल्वे,रेल्वे ट्रैंक ,रेल्वे परिसरमा धनुषा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एस्पि शेखर खनाल,हेल्प मधेसी नेपाल अध्यक्ष रामउदगार यादव,प्रहरी सहायक निरिक्षक अशोक महत्तो,सरसफाई अभियन्ताहरु मोति झा,रुणा झा,व्यापारी एवं अभियन्ता चन्द्र भृपन,दिवाकर झा,गौंरव गुप्ता,अजय झा,सुदीप मण्डल ,रजत कायस्थ,बलराम मण्डल ,आदित्य ठाकुर,अमिन शाह,विपिन झा,अमन यादव,कैलाश राय,दीपककुमार शाह,प्रेम गुप्ता,गतिमान शाह,उत्सव गुप्ता,शैलेन्द्र शाह,शिवकुमार यादव,बाल अभियन्ता दक्ष झा,रेल स्टेशन प्रहरी चौंकी प्रमुख राम जीवन लगायतका अभियन्ता ,स्थानिय ब्यापारी ,प्रहरी ,सरोकारवाला ,पत्रकारहरुको सहभागितामा सरसफाई ,सचेतनामुलक कार्यक्रम सम्पन्न भएको जनाएका छन् ।
मुख्य अभियन्ता एवं संयोजक रुबीकुमार झाले तामाङपेजसँगको कुराकानीमा साताको शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म नियमित सरसफाई अभियान हुँदै आएको बताएकी छिन् ।