एनआरएनएमा अधिवेशनको चर्चा चुलिँदै, एसिया संयोजकमा रोबिन्द श्रेष्ठ गोबिन्दको उम्मेदवारी घाेषणा


तामाङपेज संवाददाता।
टोकियो जापान,

बिदेशमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनए अहिले क्षेत्र हुँदै राष्ट्रिय अधिवेशनको तयारीमा जुटेको छ । पछिल्लो केही दिनहरुमा बिभिन्न देशहरुमा अधिवेशनको तयारी तीव्र गतिमा बढेको देखिन्छ। बिभिन्न देशहरुमा फैलिएको एनआरएनए आइसिसीको अधिवेशन आगामी दशैंमा काठमाण्डौमा हुने तय भए संगै यस अभियानमा लागेका अभियान्ताहरु बिभिन्न देशमा अधिवेशन सम्पन्न गराउन र आफ्नो पदको सुरक्षित राख्न विभिन्न माध्यमबाट लविङ गर्न सुरु भएको छ ।

यसैबिच बिगत लामो समय देखि जापानमा ब्यबसाय गर्दै आएका रोबिन्द श्रेष्ठ गोबिन्दले आगामी कार्यकालको लागी आफुलाइ एसियाको संयोजकको प्रत्यासीका रुपमा उभ्याउने घोषणा गरेका छन् ।
एनआएनए एसिया समिट म्यानमारमा यहि ६ र ७ तारिख हुदै छ । यसैको संघारमा आफ्नो फेसबुक मार्फत सबैमा आफू एनआरएनए एशिया उपसंयोजक समेत भैसकेको र यो अभियानमा निरन्तर लागिरहेको कारण आगामी कार्यकालको सबैलाई सहयोग सल्लाह र सुझाबको अपेक्षा गर्दै आफूलाई संयोजकको रुपमा उभ्याएको समेत जनाएका छन् ।
बिगतमा कतै भए गरेका कमीकमजोरी भएको भए त्यसलाई आत्मसाथ गर्दै सबैको लागि एनआरएनए बनाउने अभियानमा कटिबद्ध भएर लाग्ने प्रण गर्दछु उनले फेसबुक मार्फत जानकारी समेत गराएका छन् ।
उनले भनेका छन् “म गत कार्यकालमा एसियाको संयोजकको लागि झिनो मतले पराजित भए पश्चात यो अभियानमा सांगठानिक रुपमा आधिकारीक जिम्मेबारी नभएपछि अलि सुस्ताएको महशुस हुनु स्वभाबिक हो, तर मलाई लाग्छ यो अभियान हो यो निरन्तर चलिरहन्छ यसलाई हार जितले खास फरक पार्दैन, म पदमा रहे पनि न रहदा पनि त्यसले मलाई खास असर गरेको जस्तो ब्यक्तिगतरुपमा महशुस गरेको छैन, चाहे बारामा बाढी हावा हुरी आउँदा होस्, चाहे एनआरएनए भवन निर्माण कार्य सक्रियताहोस् अथवा बस्ति निर्माणमा होस् म निरन्तर जोडीरहेको छु आफूलाई सक्रिय गराई रहेको जानकारी यहाँहरु समक्ष गराउन चाहन्छु । संगै जापानमा हुने हरेक गतिबिधिमा अविछिन्न रुपमा म लागिरहेको र लागिरहने समेत समेत जानकारी गराउन चाहन्छु । म सक्रिय सामाजिक अभियानमा लागोस भन्ने चाहने सम्पूर्ण मेरा सुभचिन्तकहरुलाइ हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।”

उनको अनुरोध जस्ताको तस्तै

सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनिहरुमा
नमस्कार
म बिगत लामो समय देखि जापानमा आफ्नो कर्मथलो गराउदै गर्दा एनआरएनए अभियानमा जोडीरहे । विदेशमा रहेर सबै नेपालीलाइ जोड्ने साझा संस्था एनआरएनए भएको कारण यसमा निरन्तर जापानको नागोयाको क्षत्रीय कमिटी गठन गर्दै केन्द्रिय समिती हुदै एनआरएनए एसिया प्यासिफिक उपसंयोजक सम्म सक्रिय रहि नेपाल तथा जापानमा नेपालीको समस्यामा हरेक बखत आफूलाई सक्रिय पार्दै आइरहेको छु ।
यो अभियानमा लागे देखिनै यहाँहरुको माया सदभाब अग्रजहरुको साथ सहयोगले गर्दा आज सम्म निरन्तर लाग्ने जुन उर्जा शक्ति मिलेको छ आशा छ त्यो भविष्यमा पनि मिल्नेछ ।
म गत कार्यकालमा एसियाको सयोजकको लागि झिनो मतले पराजित भए पश्चात, यो अभियानमा सांगठानिक रुपमा आधिकारीक जिम्मेबारी नभएपछि अलि सुस्ताएको महशुस हुनु स्वभाबिक हो, तर मलाई लाग्छ यो अभियान हो यो निरन्तर चलिरहन्छ यसलाई हार जितले खास फरक पार्दैन, म पदमा रहे पनि नरहदा त्यसले मलाइ खास असर गरेको जस्तो ब्यक्तिगतरुपमा महशुस गरेको छैन, चाहे बारामा बाढी हावा हुरी आउँदा होस्, चाहे एनआरएनए भवन निर्माण कार्य सक्रियताहोस् अथवा बस्ति निर्माणमा होस् म निरन्तर जोडीइरहेको छु आफुलाई सक्रिय गराई रहेको जानकारी यहाँहरु समक्ष गराउन चाहन्छु । संगै जापानमा हुने हरेक गतिबिधिमा अविछिन्न रुपमा म लागिरहेको र लागिरहने समेत समेत जानकारी गराउन चाहन्छु । म सक्रिय सामाजिक अभियानमा लागोस भन्ने चाहने सम्पूर्ण मेरा सुभचिन्तकहरुलाइ हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।
म यो अभियानमा एउटा छोटो यात्रीबनेर जोडिएको होइन, अन्तसम्म पुग्नको लागि पूर्ण यात्रीको रुपमा जोडिएको हु, तसर्थ मलाइ यो अभियानमा यहाँहरुको साथ सहयोग र अपारमायाँको निरन्तर खाचो छ ।
मेरा अग्रजहरु मेरा शुभचिन्तकज्यू हरु सबैको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र अझ क्रियाशील गराउने प्रण सहित आगामी एनआरएनए अधिबेशनमा आफुले एनआरएनए एसियाको सयोजकको रुपमा उभ्याउदै यहाँहरुको सल्लाह सुझाब संगै साथ सहयोग र मायाँले मलाइ बिजय गराउनु हुनेछ भन्ने अपेक्षा तथा बिश्वास गरेको छु । मैले एनआरएनए एसिया उपसयोजक कुशल पुर्बक कार्यसम्पादन गरिसकेको एउटा अनुभब संगै चुनावी पराजय पछि पनि निरन्तर यस सस्थामा लागि थप अनुभब बटुल्ने मौका पाएको छु । तसर्थ मैले एसिया सयोजक कुशल पुर्बक कार्यसम्पादन गर्न सक्छु भन्ने बिश्वास लिएको छु ।
यो सामाजिक अभियान हो, आफ्नो कामसंगै देश विदेशमा बिभिन्न तरवले हामीले देशको समृद्धिसंग एनआरएनएको महत्वपूर्ण भूमिका जोडिएको छ । विदेशमा होस् वा नेपालमा बिदेशीएका नेपालीहरुले यो या त्यो तरवले नेपालीलाई नै रोजगार स्थापना गरिरहेका छन् । पछिल्लो चरणमा हाम्रै पहलमा बिभिन्न कोणबाट धेरै नेपालीलाई नेपालमानै रोजगारको सृजना भएको गरिएको छ । यो अभियान समाज सेवामात्र नभएर विदेशमा मात्र होइन नेपालमा पनि लगानी भित्राउनु पर्छ भन्ने मूल भाबलाई आत्मसाथ आफुले सकेको यसलाई आत्मसाथ गर्दै काम गर्दै आइरहेको छु र भविष्यमा अझ बढाउने समेत जानकारी गराउदछु ।
अन्तमा यो अभियानमा सुरुदेखि लागेदेखि हालसम्म आउँदा साथ सहयोग दिनुहुने सम्पूर्णमा हृदय देखिनै धन्यबाद दिन चाहन्छु । बिगतमा कहिँ कतै भएका कमि कमजोरी भएको भए आत्मसाथ गर्दै यो अभियानमा थप सक्रिय भएर लाग्न यहाँहरुको साथ सहयोग, सल्लाह र मायाँ पाउनेमा बिश्वस्त रहेको छु ।
धन्यबाद ।
रोविन्द श्रेष्ठ गोबिन्द
एनआरएनए एसिया प्यासिफिक संयोजक प्रत्यासी

प्रकाशित: समय: 11:06:34  541पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार