सूचना विधेयक खारेज गर्न सांसद लामाकाे माग


करण तामाङ, नुवाकोट।
तामाङपेज।
नुवाकोटका नेपाली काँग्रेस सांसद बहादुर सिंह लामाले कम्युनिस्ट सरकारले ल्याएकाे सूचना प्रविधिकाे सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयकमा समेटिएका सबै प्राबधान खारेज गर्न माग गर्नुभएको छ।

सांसदकाे विकास तथा प्रविधि समितिकाे बैठकमा विधेयक माथिको छलफलकाे क्रममा सांसद लामाले संविधान प्रतिकुल हुने गरि बनेको सामाजिक सञ्जाल सम्बन्धि सबै प्रावधान खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

अहिले टेक्नोलोजीकल जमानमा सरकारले ल्याएको याे विधेयक उपयुक्त नरहेको र सामाजिक सञ्जाल स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने गरि आएकाे विधेयक मान्य नहुने सांसद लामाले चेतावनी समेत दिनुभएको छ ।

प्रकाशित: समय: 18:39:52  392पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार