एनआरएनए जापानमा बढ्यो अधिवेशनको सारगर्मी, क्युस्यु क्षेत्रबाट सुपेन्द्र घिसिङको उम्मेदवारी


तामाङपेज संवाददाता।
जापान।

राजनीतिक वृतमा राजनीतिक पार्टीहरुको जति चर्चा र परिचर्चा हुने गर्दछ, एनआरएनएको चर्चा पनि कम महत्त्वको छैन । देश होस् या विदेश एनआरएनएलाई विशेष महत्वका साथ हेरेको पाईन्छ । यसै वीचमा एनआरएनए जापानको केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै हुन गइरहेको क्षेत्रीय अधिवेशनहरु पनि चर्चाको विषय वनेको छ।
यसै सन्दर्भमा जापानको क्युस्यु क्षेत्रको फुकोओकाबाट एनआरएनए जापानको क्षेत्रीय अधिवेशनको लागि अध्यक्ष पदका उम्मेदवारले आफ्नो क्युस्यु क्षेत्र र फुकोओकाबासी नेपालीहरुको लागि आगामी वर्ष २०१९-२०२१ कार्यकालमा गर्ने कामको विवरण एवं प्रतिबद्धता एक विज्ञप्ति मार्फत सार्वजनिक गर्दै  उम्मेदवारी घोषणा गर्नु भएको छ ।

विगत लामो समयदेखि विभिन्न संघसंस्थामा रहि सामाजिक कार्य गर्दै आउनुभएका सुपेन्द्र घिसिङले एनआरएनए जापानको हुन गइरहेको आगामी क्षेत्रीय अधिवेशनमा क्युस्यु क्षेत्रको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको  हो । घिसिङले एनआरएनए क्युस्यु क्षेत्रको उपाअध्यक्ष पदमा रहि दुइ बर्ष कार्यकाल बिताइसक्नुभएको छ भने उहाँ काभ्रेली समाज जापान क्युस्यु क्षेत्रीय समितिको अध्यक्ष पनि हुनुहुन्छ ।
यसैविच घिसिङले क्युस्युबासी वौद्धिक व्यक्तित्व, संघस्स्था, एवं नेपालीहरुमा गर्नुभएको अपील सहितको प्रतिबद्धताका केही अंश यसप्रकारको रहेको छ ।
१. लोकतान्त्रिक मूल्य र मान्यताको परिधिभित्र रही स्वतन्त्र र निष्पक्ष ढंगबाट एनआरएनएलाई अगाडी वढाउन।
२. एनआरएनए भित्र रहेका विकृति, विसंगतिलाई तोड्दै फुकुओकामा रहेका सम्पूर्ण संघसंस्थाबाट प्रतिनिधित्व हुने गरी समावेशी प्रक्रियाबाट नयाँ कार्यसमिति निर्माण गर्न।
३. जापान स्थित फुकोओकामा बढ्दै गइरहेको नेपालीहरुको जनघनत्वबाट उत्पन्न हुने समस्या समाधानको लागि अग्रसर रुपमा लाग्न र अभिमुखीकरण कार्यक्रमको संचालन गर्न।
४. एनआरएनएलाई गलत प्रवृतिलाई रोकी, नेपाल र नेपालीप्रति उत्तरदायित्व वहन गर्न / गराउँन ।
५. प्रवासी नेपालीहरुमा एनआरएनए लगायत विभिन्न संघसंस्थाप्रति बढ्दै गइरहेको वितृष्णालाई निर्मूल पार्न र नेपालीमैत्री वनाउनका लागि अय आवश्यक योजना निर्माण तथा कार्यन्वयनमा केन्द्रसंग आवश्यक छलफल र सहकार्य गरी अगाडी बढ्न ।
आसन्न क्षेत्रीय अधिवेशनका लागि केन्द्रले क्षेत्रीय अधिवेशनलाई सहज र सौहर्दपूर्ण वातावरणमा सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मा दिएको छ । यसै गरी क्युस्यु क्षेत्रको सल्लाहकारमा (धर्म प्रसाद अधिकारी/ नर बहादुर थापा, सुजन जोशी, पुरुषोत्तम सिग्देल, श्री गुरुङ र आशिष रावललाई जिम्मेवारी तेकिएको छ ।

प्रकाशित: समय: 22:03:42  1270पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार