बाँडेगाउँमा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय सुचारु


तामाङपेज संवाददाता ।

ललितपुर ।

बाँडेगाउँमा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय शुक्रवार विधिवत् रुपम सुचारु भएको छ ।

ललितपुरको बाँडेगाउँमा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उदघाटन समारोहमा गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन,मुक्तिनाथ विकास बैंकका अध्यक्ष खिमप्रकाश मल्ल,प्रमुख प्रशासकिय अधिकृत प्रदयुमान पोखरेल ,गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानका मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापा,स्थानिय वासिन्दा लगायत सरोकार वालाहरुको सहभागिता रहेको बैंकका बाँडेगाउँ शाखा प्रमुख महेश घिमिरेले बताएका छन् ।

नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणीको इजाजत पत्र प्राप्त मुक्तिनाथ विकास बैंकले जनता बैंकमा होइन,बैंक जनतामा जानुपर्छ भन्ने नारालाई मुलमन्त्रको रुपमा लिइएको छ ।

 

 

 

प्रकाशित: समय: 16:45:42  612पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार