वर्दिवासस्थित छोडकेका अनिल तामाङको अङरेम स्यामा छार क्वान्बा गीत सार्वजनिक


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

महोत्तरी ।

वर्दिवास नगरपालिका वडा नं.११ भित्री मधेस छोडकेका अनिल तामाङको शब्द र निर्माणमा तामाङ सेलो गीत अङरेम स्यामा छार क्वान्बा बोलको गीत बिहीवार युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

स्वर ,सङ्गीत युवा गायक एवं सङ्गितकार फुलकुमार बम्जन,गायिका अन्जु लामाको स्वर रहेको गीतमा शब्द र निर्माण भने अनिलकुमार तामाङको रहेका छन् ।

बौंद्धस्थित सरगम स्टुडियोमा रेकर्ड गरिएको यो गीतको सार्वजनिकले तामाङ गीत सङ्गितमा एउटा ईंट्टा थप्न सफल भएको  छ ।

युवा समाजसेवी अनिलकुमार तामाङ विगत ४ वर्षदेखि वैदेशिक रोजगारको क्रममा बहराइन रहनु भएका तामाङ बहराइन तामाङ समाजको सहसचिव हुनुहुन्छ भने तामाङपेजसँगको सम्पर्कमा अङरेम स्यामा छार क्वान्बा भन्ने गीत तामाङ जनमानसमा तामाङ सेलो गीतको संरक्षण ,सम्बर्द्धन लागि आम तामाङ दर्शक र श्रोतामाझ ल्याएको दावी गरेका छन् ।

 

प्रकाशित: समय: 9:00:14  735पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार