गजल: लक्ष्मी डिम्डुङ तामाङ

लमजुङ ।

 

हुँदापनि सँगै हामी यति धेरै दुरि किन

छुट्नैं त रैंछ आखिर भेटनैं जरुरी किन।।

 

आपत पर्दा थोरैं पनि साथ दिन नसक्नेको

फेरी अनायास यत्ति धेरै चुरिफुरी किन।।

 

जस्तोसुकैं टहराको ओत लाग्नेले आखिर

व्यर्थैमा चैं धाउनु सधैं एउटै धुरी किन।।

 

प्रत्येक मिलनमा एक,एक गरि चोट दिंदापनि

उस्को नामको चैं यो मनमा यत्रो कुरिकुरी किन।।

 

कोमल यो मनलाई मार्न तिम्रो वचन काफी छ

फेरि हथौंडा भन्दा धारिलो त्यो बेमन्जुरी किन।।

 

नोट : प्रस्तुतकर्ता विगत लामो समयदेखि गायन क्षेत्रमा लागि पर्नु भएकी एक गायिका हुन् ।

प्रकाशित: समय: 22:14:14  662पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार