बौंद्ध बचाउँ संघर्ष समितिद्वारा आजपनि बौंद्ध घ्याङ गुठीमा धर्ना


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं ।

श्री बौंद्ध घ्याङ गुठीका पुजारी एवं चिनियाँ लामा भुपती बज्र लामाको ज्यादती विरुद्ध आजपनि बौंद्ध बचाउँ संघर्ष समितिले बौंद्धस्थित घ्याङ गुठीको कार्यालय अगाडी विरोध सहित धर्ना कार्यक्रम जारी राखेको छ ।

सरोकार निकायहरुले आन्दोलन बारे निर्णय नलिएमा आन्दोलनका क्रममा अप्रिय घटनासम्म घटन सक्ने बौंद्धका अगुवाहरु बताउँछन् ,सरोकारवाला निकायले आन्दोलन चर्किदैं अघि बढेको छ ,यस्बारे सम्बोधन हुनुपर्छ समेत भनेका छन् ।

 

बौंद्ध बचाउँ संघर्ष समितिका संयोजक एवं श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामाले बौंद्ध घ्याङ गुठीका पुजारी एवं चिनियाँ लामा भुपती बज्र लामाले राजिनामा नदिएसम्म या गुठी संस्थान बर्खास्त नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

 

पुजारी एवं चिनियाँ लामा भुपती बज्र लामाको जयादती विरुद्ध बौंद्धवासी र सरोकारवालाहरुले आन्दोलन गर्दै आएको काठमाडौं महानगरपालिका -६ बौंद्धका पुर्व वडाअध्यक्ष एवं सामाजिक अभियन्ता नेपालजीत लामाले बताउनु भएको छ ।

 

 

बिहिबार बौंद्धमा समितिले आयोजना गरेको विरोधमुलक धर्नामा श्री बौंद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ,पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता सम्पुर्णकुमार लामा ,श्री बौंद्ध तामाङ कल्याङ गुठी,ओ म तामाङ सुखदुख सेवा गुठी,तिनचुले बज्यु गुठी ,खास्ती नेवा पुच,ए भ्वय गुठी,छोरङान महिला समाज,तिनचुले महिला समूह,तिनचुले युवा क्लब,आनन्दपुर महिला समूह ,बौद्ध फुटबल क्लब ,बौंद्ध सरोकार समिति ,स्थानिय बौंद्धबासी ,सरोकारवाला महानु भावहरुको व्यापक सहभागिता रहेको थियो ।

समितिले बिहान ९ बजेदेखि १२ बजेसम्म श्री बौद्ध घ्याङ गुठी परिसर बौद्धमा धर्ना दिएको थियो ।

बौंद्ध बचाउँ संघर्ष समितिले भोलि असार २० गते शुक्रबार काठमाडौं डिल्लिबजारस्थित गुठी संस्थानको कार्यालय बिहान कार्यालय समयमा एक घण्टा धर्ना सहित घेराउ कार्यक्रम रहेको समितिका प्रवक्ता एवं श्री बौंद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्णकुमार लामाले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

तस्बिर श्रोत:

पत्रकार अमित लामा ।

 

प्रकाशित: समय: 13:10:28  898पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार