तामाङपेज संवाददाता ।
नुवाकोट ।
तारकेश्वर गाउँपालिका वडा नं.५ गोरस्याङ म्हानेडाँडामा नुवाकोट जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद एवं प्रमुख अतिथि नारायणप्रसाद खतिवडाले क्षे.नं.२(ख) प्रदेश सभा सांसद हिरानाथ खतिवडा,तारकेश्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती र उपाध्यक्ष तारा रिमालको विशेष आतिथ्यमा स्वास्थ्य चौंकी भवनको बुधबार एक भब्य समारोहकाबीच पुजापाठ गरेर ईट्टाको जग राखेर शिलान्यास गर्नु भएको छ ।
तारकेश्वर गाउँपालिका वडा नं.५ गोरस्याङ म्हानेडाँडाका वडाअध्यक्ष चुडामणि रिमालको सभाअध्यक्षतामा आयोजित समारोहमा सांसद नारायणप्रसाद खतिवडाले जग्गा दाताहरु दलबहादुर तामाङ,ललितमान तामाङ र विकास तामाङलाई धन्यवाद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
सो स्वास्थ्य चौंकी तारकेश्वर गाउँपालिकाको रु.१ करोड २ लाख २९ हजार ९९ सय रुपैयाँको लागतमा निर्माण हुन लागेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अशोकप्रसाद दहालले बताउनु भएको छ ।
स्थानिय युवा समाजसेवी सोमबहादुर तामाङले जग्गा दाताहरुले स्वास्थ्य चौंकी निर्माण गर्न नि: शुल्क ७ रोपनी ४ आना जग्गा प्रदान गरेको तामाङपेजसँगको सम्पर्कमा जानकारी दिएका छन् ।