शेर कृष्ण सुनारको “परदेशी माया” सार्वजनिक


विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपाली गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् ।

यसै क्रममा चर्चित गायिका देबि घर्ती मगर र गायक शेर कृष्ण सुनारको स्वर रहेको नयाँ गीत “परदेशी माया” सार्वजनिक भएको छ ।

उक्त गीतमा शेर कृष्ण सुनार र सानु पि.एम.को शब्द रहेको छ भने सङ्गीत सुनारको नै रहेको छ ।

दुर्गा बिरहीको निर्देशन रहेको यस गीतमा दिनेस मुस्कानको सम्पादन रहेको छ । यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ ।

उक्त गीतमा जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाएसंगै आफ्नो जन्मभुमी फर्किएर संगै घुम्ने कुरालाई चित्रण गरिएको छ ।

आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि.सी. र कृष्ण श्रेष्ठको रहेको छ ।

प्रकाशित: समय: 9:52:05  959पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार