तामाङ सोसाइटी अफ न्युयोर्कको प्रथम वार्षिक उत्सव जुलाई २० तारिखमा हुँदै

न्युयोर्कस्थित ईल्महर्ष्ट हस्पिटलको सभाहलमा विभिन्न कार्यक्रमकासाथ हुने कुरा अध्यक्ष गोमा योन्जनले जानकारी दिनु भएको छ ।

न्यूयोर्क । न्यूयोर्क राज्यभित्र बसोबास गर्नुहुने तामाङ दाजुभाई तथा दिदिबहिनिहरुलाई संगठीत गर्दै सामाजिक तथा आर्थिक रुपमा विकास गर्ने उद्धेश्यले सन् २०१८ को १३ र १४ जनवरीको भेलाले अनुमोदन गरेको तामाङ सोसाइटी अफ न्युयोर्कले विभिन्न कार्यक्रमको आयोजना गरेर आउँदो जुलाई २० तारिखका दिन बिहान ११ देखि साँझ ६ बजेसम्म न्युयोर्कस्थित ईल्महर्ष्ट हस्पिटलको सभाहलमा प्रथम वार्षिकोत्सब समारोह हुने कुरा अध्यक्ष गोमा योन्जनले जनाएकी छिन् ।

तामाङ सोसाइटी अफ न्युयोर्कका अध्यक्ष एवं  सामाजिक अभियन्ता योन्जनकानुसार प्रथम वार्षिकोत्सब ,उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान,क्षमता विकास सम्बन्धि छलफल लगायतका सभा ,समारोह गरेर मनाउन लागेको उक्त संस्थाको वार्षिकोत्सबमा सहभागी हुन सल्लाहकार ,पदाधिकारीहरु,सदस्यहरु ,अतिथिगण ,तामाङ दाजुभाई तथा दिदिबहिनिहरुलाई निमन्त्रणा गरिएको कुरा जनाउनु भएको छ ।

स्थापनाकालदेखि तामाङ सोसाइटी अफ न्युयोर्कले तामाङ समाजको चौतर्फी विकासको लागि विभिन्न गतिविधि ,सम्मान ,विपतमा परेका व्यक्तिहरु,उपचार गर्न नसकेका आर्थिक अभावभएका नागरिकहरुलाई सर सहयोग जस्ता कार्य गर्दै आएको यस संस्था तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको संस्थागत सदस्य समेत रहेको जानकारी दिएका छन् ।

 

प्रकाशित: समय: 9:43:27  539पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार