बुखेलस्थित श्री कालिदेवी माविको अध्यक्षमा खोमप्रसाद गौतम चयन

प्र.अ.उद्योगप्रसाद तिमल्सिनाको राजीनामा स्वीकृति ,निमित्त प्र.अ.मा दीपक खत्रीलाई जिम्मेवारी तोक्यो

श्याम तामाङ ,तामाङपेज ।

ललितपुर ।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा नं.१ बुखेलस्थित श्री कालिदेवी माविको विद्यालय व्यवस्थापन समितिको बुधबार बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।

गत असार ११ गते भएको अभिभावक भेलाले श्री कालिदेवी माविको विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मनोज संजेल,लोकमान लामा,ईशा लामा,भीम घिमिरेलाई चयन गरेको थियो ।

सो अभिभावक भेलामा श्री कालिदेवी माविका प्र.अ.उद्योगप्रसाद तिमल्सिनाले महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालसमक्ष विशेष कारणले प्र.अ.मा आफू बस्न नसक्ने भनेर पेश गरिएको राजिनामा गाउँपालिका अध्यक्ष दाहालले श्री कालिदेवी माविको विद्यालय व्यवस्थापन समिति पूर्ण भएपछी कार्वाही कार्यन्वयनको लागि अगाडि बढाउने भनेर लिखित रुपमा नैं स्थलगत तोक गरेका थिए ।

असार ११ गतेको अभिभावक भेलाबाट चयन गरेको विद्यालय व्यवस्थापन समितिले मंगलबारको लागि बैठक तोकेको थियो तर मंगलबार पनि बैठक स्थगित भइ बुधबार बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।

शिक्षा नियमावलीनुसार श्री कालिदेवी माविको विद्यालय व्यवस्थापन समितिमा महाँकाल -१ बुखेलका वडाअध्यक्ष खोमप्रसाद गौंतमलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष असार ११ गते अभिभावक भेलाले चयन गरिएको ईशा लामा,लोकमान लामा ,भीम घिमिरे,मनोज संजेलमा बुधबार बसेको बैठकले केदारनाथ घिमिरे र सीता तिमल्सिनालाई सदस्यमा मनोनित,श्री कालिदेवी माविमा कार्यरत शिक्षक दीपक खत्रीलाई निमित्त प्र.अ.को जिम्मेवारी प्रदान र श्री कालिदेवी माविमा एकछत्र लामो समयदेखि प्र.अ.मा जिम्मेवारी बहन गरि रहेका उद्योगप्रसाद तिमल्सिनाले महाँकाल गाउँपालिका समक्ष दिएको राजिनामा स्वीकृत गर्ने निर्णय ,राजीनाम स्वीकृत निवर्तमान प्र.अ.तिमल्सिनाले विद्यालयको हिसाबकिताब ,खाता,कागजपत्र विद्यालय व्यवस्थापन समितिसमक्ष पेश गर्नुपर्ने महत्वपूर्ण निर्णय गरेका समेत गरेका छन् ।

 

लामो समयसम्म श्री कालिदेवी माविमा कार्यरत प्र.अ.उद्योगप्रसाद तिमल्सिनाले हरेक दलसँग साँठगाँठ गर्दै आफू अनुकुलको शिक्षक,शिक्षिकालाई काखी च्याप्ने,प्राथमिकता दिने ,विद्यालयमा विद्यार्थी,शिक्षकलाई कडा गरेतापनि प्रशासन फितलो ,स्वर्ण महोत्सव भएको घटना बुखेलको इतिहाँसमा नराम्रो दाग बनेको ,दक्षिण ललितपुरका विद्यालयहरुको साझा संस्था दक्षिण पूर्वी क्षेत्रीय विद्यालय समन्वय समितिबाट छुट्याएको,स्वर्ण महोत्सवको हिसाबकिताब सार्वजनिक नभएको ,विद्यालयमा आयव्यय के कति हो ,अभिभावक ,सरोकारवालाहरुसमक्ष जानकारी नगराएको ,भवन निर्माणमा उल्लेख्य प्रगती भएपनि आर्थिक पाटोको सवालमा जानकारी नदिएकोप्रती अभिभावक र सरोकारवाला प्र.अ.तिमल्सिनामाथी रुष्ट थिए ।

बुधबार श्री कालिदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महाँकाल -१ बुखेलका वडाअध्यक्ष समेत रहनु भएका खोमप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय नैं श्री कालिदेवी माविको विद्यालयको इतिहाँसमा ऎतिहासिक निर्णय भएको सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित: समय: 7:28:59  1027पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार