टोकियो, जापान।
एनआरएनए जापान ०१७-०१९ कार्यसमितिले आफ्नो कार्यलय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने बताएका छन्।
प्रत्येक देशका एनसिसि अध्यक्षहरुले एउटा प्रोजेक्ट तयार गरी आ-आफ्नो जिल्लामा लान पाउने भएको छ । आईसीसीको निर्णय कार्ययोजना अनुसार यो प्रोजेक्टलाई एनआरएनए जापानले नेपालका ५० जना विद्यार्थीहरूका लागि शिक्षामा सहयोग गर्ने भएको हो। एनसीसी जापानको यो आफ्नो कार्यकालको उत्तरार्धमा गरेको एक उल्लेखनीय कार्यको शुरूवात हो।
गैरआवसीय नेपाली संघ जापानले बिगत ५ बर्ष देखि कार्यालयको भाडा, बत्ती, पानीको शुल्क सहित ८० हजारको हाराहारीमा भुक्तानी गर्दै आएको थियो। उक्त रकम कार्यसमितिका सदस्यहरूले प्रत्येक महिना बुझाउने लेविबाट संकलित रकम हो। यसरी संकलित रकम आर्थिक मितव्ययिता केहि उदेश्य र योजना सहित कम भाडादर भएको ठाउँमा कार्यालय स्थान्तरण गर्दै बचत रकमबाट नेपालका दुर्गम जिल्लाका विद्यार्थीको शिक्षामा लगानी गर्ने गरी योजना तर्जुमा गरेको एनआरएनए जापानका महासचिव वुद्धिराज घिमिरेले जानकारी दिए ।
कार्यसमितिको पूर्ण बैठक बस्दा समेत ठाउँ साँघुरो भएपछि नयाँ विकल्प खोजीएको र हालको कार्यालय पुरानो भन्दा ठूलो रहेकोले जापान स्थित अन्य नेपाली संघ संस्थाले समेत बैठक तथा सेमिनारको लागि प्रयोजन गर्न मिल्ने र सम्बंधित संस्थाको लागि लकर समेत राखिदिने सुबिधा पनि उपलव्ध गराएको बताएको छ ।
मासिक रूपमा कार्यलय खर्चबाट बचत हुन आएको ५०००० रूपैया नेपालमा २ बर्ष सम्मका लागि हाललाई ५० जना विद्यार्थीको लागि शिक्षा क्षेत्रमा प्रयोग हुने गरि वितरण गरिएको र यो योजना प्रभावकारी भएमा अन्य स्रोतको खोजी गरी थप सहयोग गरिने अध्यक्ष टासि वाङदी लामाले बताए।
जसमा हाललाई ५० जनाको कोटामा नेपालको मनाङ जिल्ला बाट १५ जना ,लमजुङबाट ५ जना , वागलुङबाट ५ जना ,पर्वत बाट ५ जना,पाल्पा बाट ५ जना ,सुदुरपश्चिमबाट ५ जना मुस्ताङबाट ५ जना र रामेछापबाट ५ जना विद्यार्थीको लागि उक्त छात्रवृति प्रदान गरिने भएको छ। उक्त सहयोग एनआरएनए जापानले एनआरएनए आईसिसिको काठमाडौं स्थित सचिवालय मार्फत सहजिकरण गर्ने गरि सहयोग रकम हस्तान्तरण गर्ने बताएको छ ।