नेपाल तामाङ संस्कृति घेदुङ कतारले प्रथम बृहत् साँस्कृतिक कार्यक्रम हुँदै


तामाङपेज संवाददाता ।

कतार ।

नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारको भातृ संगठन नेपाल तामाङ संस्कृति घेदुङको आयोजनामा महिला घेदुङ र युवा घेदुङको सह- आयोजनामा इस्लामिकहरुको महान चाड बक्री इदमा कतारमा सार्वजनिक विदाको पहिलो दिन ग्राण्ड रिगल होटलको १२ औं तल्ला साना सिग्नल कुदुक राउण्ड बोर्डसंगै प्रथम सांस्कृतिक कार्यक्रम-२०१९ आयोजना हुने कुरा कार्यक्रम संयोजक हिरे तामाङले जानकारी गराएका छन् ।

उक्त कार्यक्रममा नेपालबाट गायिका एवं मोडल रितु तामाङ ,लोक गायक तथा सङ्गितकार शैलास वाईवा तामाङ र नृत्याङ्गना उषा सुवेदीको साथमा दर्जनौं कलाकारहरुको बेजोडपुर्ण प्रस्तुती हुने भएको छ ।

 

 

 

प्रथम बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न कार्यक्रम संयोजक हिरे तामाङ,व्यवस्थापक भिम मोक्तान,सह-व्यवस्थापक सुरेन लामा,पुर्णमान तामाङ,सुमन लो तामाङ,विकास तामाङ,वाङजु लामा,कलाकार संयोजक गौतम तामाङ,प्रचार प्रसार संयोजक डि.बि.तामाङ,यातयात व्यवस्थापकहरु रमेश तामाङ,सन्त तामाङ रहेका छन् ।

प्रथम बृहत् साँस्कृतिक कार्यक्रम ,नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारको कल्याणकारी कोषको सहयोगार्थ आयोजना गरेको कार्यक्रम संयोजक हिरे तामाङले तामाङपेजसँगको कुराकानीमा बताउनु भएको छ ।

 

 

प्रकाशित: समय: 20:14:06  1029पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार