बेलबारीमा तिनदिने उदघोषण,पत्रकारिता तथा परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न


तामाङपेज संवाददाता ।

मोरङ ।

नेपाल आदिवासी जनजाति महासंघ ,नगर समन्वय परिषद बेलबारीको आयोजनामा बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा तिनदिने उदघोषण ,पत्रकारिता तथा परियोजना प्रस्ताव लेखन तालिम मंगलबार सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका बेलबारी नगर समन्वय परिषदका अध्यक्ष तिलकप्रसाद राईले प्रशिक्षार्थीहरु,प्रशिक्षक लगायतलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

उदघोषण कला तालिमको संयोजक कुमार लिम्बू,प्रशिक्षक शान्ति पाख्रीन तामाङ लेटाङ,पत्रकारिता तालिमको संयोजक शान्ता मोक्तान तामाङ ,प्रशिक्षक गोपाल देवान धरान र परियोजना प्रस्ताव लेखन तालिमको संयोजक उषा तामाङ ,प्रशिक्षक गोपाल देवान रहनु भएको तालिममा पत्रकारिता,उदघोषण र परियोजना प्रस्ताव लेखनमा ७५ जना प्रशिक्षार्थीहरुले भाग लिएको नेपाल आदिवासी जनजाति महासंघ ,नगर समन्वय परिषद बेलबारी,मोरङले जानकारी दिएको छ ।

 

 

प्रकाशित: समय: 19:11:06  824पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार