अमेरिकी नागरिक अलेन नुन्लीको हराएको आइफोन बाँडेगाउँ प्रहरी निरिक्षक श्याम कटवालद्वारा प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

लगनखेलबाट गोदावरी जानेक्रममा अमेरिकी नागरिक अलेन नुन्लीको हराएको आईफोन मोबाइल सेट ,स्थान चेकजाँच गरेर मंगलबार बेलुकी महानगरिय प्रहरी प्रभाग ,बाँडेगाउँका प्रहरी प्रमुख प्रहरी निरिक्षक श्याम कटवालले कार्यालयमा बोलाई प्रदान गर्नु भएको छ ।

प्रभागका प्रहरी निरिक्षक कटवालले प्रहरी कार्यालयमा गुनासो आउनसाथ मोबाइलको स्थान चेकजाँच गर्नेक्रममा फेला पारी अमेरिकी नागरिक नुन्लीलाई प्रदान गर्नु भएको जनाएका छन् ।

 

प्रकाशित: समय: 17:00:23  1748पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार