गोदावरी नगरपालिका क्षेत्रभित्र संचालित खानेपानी सप्लायर्सको नगर प्रमुख गजेन्द्र महर्जनसहितको टोलिले अनुगमन तथा निरिक्षण


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिकाक्षेत्र भित्र संचालित खानेपानी सप्लायर्सको मंगलबार गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनको नेतृत्वमा गोदावरी नगरपालिका वडा नं.३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरे,राजस्व विभाग प्रमुख श्रीराम आचार्य र महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी प्रमुख इनिष्पेक्टर श्याम कटवाल लगायतको टोलिले गोदावरी नगरपालिका भित्रका वडा नं.१ गोदामचौंर,वडा नं.२ विशंखुनारायण,गोदावरी नगरपालिका वडा नं.३ र वडा नं.१४ का खानेपानी सप्लायर्सहरुको स्थलगत अनुगमन र निरिक्षण गरेका छन् ।

नगरपालिका प्रमुख महर्जनले मापदण्ड विपरित संचालन भएका ,दर्ता नगरेका ,इजाजत पत्र नभएका खानेपानी सप्लायर्सलाई मंगलबारदेखि नैं लागू हुने गरि बन्द गर्न,गराउन निर्देशन दिनु भएको छ । खानेपानी सप्लायर्सका सवालमा व्यापक जनगुनासो आएपछि गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनसहितको टोलिले अनुगमन,कागजातहरुको अध्ययन तथा स्थलगत निरिक्षण गरेको हो ।

 

 

 

 

 

 

प्रकाशित: समय: 15:29:47  933पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार