कोन्ज्योसोम -२ शंखुस्थित चालिस जना विद्यार्थीहरुलाई वडाअध्यक्ष ध्रुव घिमिरेद्वारा कपडा तथा स्टेसनरी सामग्री प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु वडा कार्यालयमा वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले वडाभित्रका श्री मगरगाउँ मावि,श्री सरस्वती मावि,श्री भुमेथुम्का र श्री कालिदेवी आधारभुत विद्यालयका प्रत्येक विद्यालयका १०/१० जना जेहेन्दार ,गरिब विद्यार्थीहरुलाई वडाको आर्थिक वर्ष ०७५/०७६ को बालबालिका प्रोत्साहन कार्यक्रमको रु.५० हजार बजेटबाट बुधबार कपडा तथा स्टेशनरी सामग्री प्रदान गर्नु भएको छ ।

 

 

कार्यक्रममा वडाअध्यक्ष घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदै विद्यालयका शिक्षक ,शिक्षिकाहरु ,विद्यार्थीहरु ,अभिभावकहरु ,कोन्ज्योसोम -२ शंखुका वडा सदस्यहरु पदमनारायण तिमल्सिना ,रमिला सिँगार तामाङ,स्थानिय युवा समाजसेवी रोहन लामा ,वडाका कर्मचारीहरुको सहभागिता रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 14:52:55  653पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार