बौंद्ध बचाउँ संघर्ष समितिको आन्दोलन जारी,दैनिक पुजापाठ गर्न बौंद्ध धर्मगुरु पुर्णबहादुर लामालाई जिम्मेवारी


तामाङपेज संवाददाता ।

काठमाडौं ।

श्री बौद्ध घ्याङ गुठी बौंद्धका पुजारी एवं चिनियाँ लामा भुपती बज्र लामाले गरेको ज्यादती विरुद्ध बौंद्धबासीहरु करिब दुई हप्ता देखि निरन्तर ,चरणबद्ध आन्दोलन गर्दै आईरहेका छन् ।

बौंद्ध बचाउँ संघर्ष समितिका सचिव ,प्रबक्ता एवं श्री बौंद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पुर्णकुमार लामाले गुठीका चिनियाँ लामा भुपती बज्र लामाको कार्यशैली,गुठीयारप्रती गर्ने विभेदका विरुद्ध आन्दोलन जारी रहेको ,आन्दोलनको क्रममा बौंद्ध घ्याङ गुठी घेराउ,धर्ना ,तालाबन्दी ,जिल्ला प्रशासन कार्यालय बबरमहलमा पत्रचार,गुठी संस्थान घेराउ,पर्यटन,नागरिक तथा उड्ड्यन मन्त्रालयमा ज्ञापन पत्र प्रदान जस्ता विभिन्न कार्यक्रमहरु समितिले गर्दै आएको जनाउनु भएको छ ।

 

 

 

समितिका प्रवक्ता लामाले बौंद्ध बचाउ संघर्ष समितिले आईतबार समितिका अध्यक्ष खड्गजीत लामा र प्रदेश सभाका सांसद छिरिङदोर्जे लामाले हस्ताक्षर गर्नु भएको पत्र धर्ना सहित गुठी संस्थानमा पेश भएपछी गुठी संस्थानका प्रशाशक नारायण चौधरीले सोही दिन श्री बौद्ध घ्याङ गुठीको अनुगमन ,निरिक्षण गर्न स्थलगत टोली पठाई काठमाडौं महानगरपालिका -६ का वडाअध्यक्ष दीपेन्द्र लामा,समितिका पदाधिकारीहरु ,स्थानिय वासिन्दा र गुठीको कर्मचारीहरुको रोहवरमा माम थान (अजिमाथान) ,गुरु ल्हाखाङ गुम्बाको दैनिक पुजापाठ गर्न बौद्ध धर्म गुरु पुर्णबहादुर लामालाई जिम्मेवारी तोकेको कुरा जनाएका छन् ।

 

बौंद्ध बचाउ संघर्ष समितिले श्री बौद्ध घ्याङ गुठीका पुजारी एवं चिनियाँ लामा भुपती बज्र लामाको राजिनामा र बर्खास्ती नभएसम्म ,नगरेसम्म आन्दोलन जारी रहने जनाएको छ भने श्री बौद्ध घ्याङ गुठीका पुजारी एवं चिनियाँ लामा भुपती बज्र लामा ,श्री बौद्ध घ्याङ गुठीका प्रमुख सल्लाहकार एवं पुर्व सभासद योगेन्द्र घिसिङ लगायतका टोलि भने शुक्रबार नैं छिमेकी राष्ट्र चिनको भ्रमणमा चिनतर्फ लागेको छ ।

तस्बिर श्रोत:

सामाजिक संजाल

अमित लामा

चन्द्रजीत मोक्तान

भुवन लामा

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 14:27:06  901पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार