रेडियोकाे कार्यक्रम सुनेपछि सदस्यहरु जिज्ञासु भए


संगिता तामाङ ,तामाङपेज ।

रसुवा ।

उत्तरगया – ४ कर्मिडाँडामा सिर्जनशिल रेडियो स्रोता समुहको छलफल कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित नागरिक समाज पारस्परिक जबाफदेहिता अन्तर्गत गठन भएको हो । रेडियो स्रोता समूहका सदस्यहरुको उपस्थिति रहेको बैठकमा रेडियो लाङटाङबाट प्रसारण हुने साझा बोली रेडियो कार्यक्रम सुनेर प्रसारण भएका बिषयवस्तु बारे छलफल भएको थियो ।

सुशासन, स्थानिय विकास तथा पारस्परिक जवाफदेहिता बारे छलफल हुने रेडियो कार्यक्रमहरु साझाबोली सुन्दै आफ्नो टोलछिमेकमा पनि यसबारे बहस गर्ने र सुनेर थाहा पाएका कुरा आफ्नो ब्यवहारमा समेत उतार्ने उदेश्यका साथ यो रेडियो समुह गठन भएको हो ।

जिल्लामा रेडियो लाङटाङ एफएम ९०.३ मेगाहर्जबाट हरेक आईतबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रम सुनेर आफ्नो समुदायमा पनि नागरिक समाज एवं सरकारी निकायविचको जवाफदेहिता खोज्ने, नागरिक निगरानी गर्ने र कार्यक्रमलाई प्रतिक्रिया दिने समेत सो समुहको योजना रहेको छ ।

समुहले शिक्षा, स्वास्थ्य, कृषि र प्रकोप ब्यवस्थापन जस्ता अन्य सवालहरुमा समेत आफ्नो समुदायको ध्यान आकर्षण गराई सरोकारवालाहरुलाई जवाफदेही बनाउन आफ्ना कुराहरु सम्बन्धित कार्यालयमा पुर्याउने उद्देश्य  राखेको छ ।

यस्का लागि श्रोता समुहको बैठक महिनामा २ पटक बस्ने, बैठकमा रेडियो कार्यक्रम सुन्ने र कार्यक्रम सुनिसकेपछि कार्यक्रममा समेटिएका सुचनाहरुलाई टिपोट गरेर छलफल गरिन्छ ।

हालसम्म बसेको श्रोता समुहको बैठकबाट धेरै साथीहरुले स्थानिय तहको जवाफदेहिता र स्थानिय तहले नयाँ परिवेशमा के कस्ता सेवाहरु उपलब्ध गराउँछ भन्ने जानकारी आफूहरुले पाएको समेत श्रोता समुहका सहजकर्ता भगवती न्यौपानेको भनाई छ ।

कार्यक्रममा स्रोता समुह सदस्यको केहि जिज्ञासा र रेडियो कार्यक्रम साझाबोलिको स्थानिय संस्करण ६० औं अङक सुनेर छलफल गरेको हो ।

बैठकको अघिल्लो सातामा पशु विमा र कृषि विमाको बारेमा छलफल गर्दा समुहका सदस्यहरुले कुखुराको चाहिं विमा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राख्नु भएको थियो । त्यस्को जिज्ञासा मेटाउनको लागि हामीले यो कार्यक्रममा उत्तरगया गाउँपालिका – ४ का भेटेनरी उद्धव पौडेललाई कार्यक्रममा  निम्त्याई  जिज्ञासा लिएका थियौं।

साझाबोली कार्यक्रममा सरकारी विद्यालयमा वर्षको २ पटक विद्यार्थी भाईबहिनिको स्वास्थ्य उपचार गर्नुपर्ने विषयमा रहेर कुराकानी गर्दा रसुवाको उत्तरगया गाउँपालिका-४ मा  जुकाको औषधी वितरण भएको र अन्य सेवा बारे जानकार नभएको समुहका सदस्यहरुले बताएका छन्  ।

अभिभावकले पनि यस्बारे निगरानी राख्ने प्रतिवद्धता गरेका थिए । समुहमा १६ देखि ४०वर्षसम्ममा महिला, पुरुषका साथै दलित ,आदिवासी जनजाती समेत गरी समावेशी सहभागिता रहेको छ ।

 

 

 

 

 

प्रकाशित: समय: 13:21:06  529पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार