गोकर्णेश्वर नगरपालिका नगर उपप्रमुख शान्ति नेपालद्वारा श्री गोकर्ण माविको भवन शिलान्यास


तामाङपेज संवाददाता ।

काठमाडौं ।

नेपाल सरकार ,राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाई शिक्षाको आर्थिक सहयोगमा निर्माण हुन गैइरहेको श्री गोकर्ण माविको भवन शिलान्यास एक भब्य समारोहकाबीच गोकर्णेश्वर नगरपालिका नगर उप प्रमुख शान्ति नेपालले गोकर्णेश्वर-४ गोकर्णमा आईतबार गर्नु भएको छ ।

प्रमुख अतिथि एवं उपप्रमुख नेपालले तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंको सहयोगमा निर्मित आईसिटी कक्षाकोठाको समेत उदघाटन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर नगरभित्र संचालित सामुदायिक तथा निजि विद्यालयहरुको शिक्षा गुणस्तर ल्याउन विशेष पहल गरि रहेको बताइन् ।

स्थानिय युवा समाजसेवी कमानसिंह लामाले भवन शिलान्यास तथा आईसिटी कक्षा कोठा उदघाटन समारोहमा नगरपालिका जनप्रतिनिधिहरु,शिक्षक,शिक्षिका,विद्यार्थीहरु,अभिभावक लगायतको उपस्थिती रहेको जानकारी दिनु भएको छ ।

 

प्रकाशित: समय: 13:12:10  586पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार