महाँकाल गाउँपालिकाको आ.व.०७६/०७७ को बजेट २४ करोड ८५ लाख १२ हजार रुपैयाँ पारित भएको अध्यक्ष रामचन्द्र दहालद्वारा जानकारी


तामाङपेज संवाददाता ।

ललितपुर ।

महाँकाल गाउँपालिकाको आईतबार गोटिखेलमा सम्पन्न पाँचौ गाउँसभाले  आर्थिक वर्ष ०७६/०७७ को लागि २४ करोड ८५ लाख १२ हजार रुपैयाँ बजेट पारित गरेको अध्यक्ष रामचन्द्र दहालले जानकारी दिनु भएको छ ।

गाउँपालिका अध्यक्ष दहालले महाँकाल गाउँपालिका भित्रका ६ वटा वडाहरुलाई क्रमश: बुखेल – ८९ लाख, मानिखेल – ८५ लाख ,गोटिखेल – ८६ लाख,कालेश्वर – ८७ लाख,चन्दनपुर -८५ लाख र ठुलादुर्लुङलाई – ९० लाख विनियोजन गरिएको बताएका छन् ।

 

 

महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले तामाङपेजसङ्गको सम्पर्कमा यस आ.व.को विनियोजित बजेट विशेष गरि पुर्वाधार विकास र नितिगत कार्यक्रममा कार्यन्वयन गर्ने जानकारी दिनु भएको छ ।

ललितपुरको दक्षिण पुर्वी क्षेत्रमा रहेको महाँकाल गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् भने यहाँका वासिन्दा विशेष गरि भैंसी,कुखुरा,बाख्रा,गाईपालन ,तरकारी खेतीमा कार्यरत छन् ।

 

प्रकाशित: समय: 12:51:43  437पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार