श्याम तामाङ ,तामाङपेज
काठमाडौं ।
मोरङ ।
नेपाल कृषि प्रधान देश हो तर के गर्नु कृषकले खेती गर्ने बेलामा बीउविजन ,मल लगायतका कृषि सामग्री पैसा तिरेर पनि कृषकले उपभोग गर्न पाउँदैनन् ,यो देशका आम कृषकहरुले !
देशमा नैं कृषिमा लागेर रोजगारी सिर्जना गर्न सक्छन् तर नेपाल सरकारले कृषिलाई विशेष प्राथमिकता दिएपनि कृषकले राज्यबाट लिन पाउने सुविधा झन्झटिलो भएकाकारण वैदेशिक रोजगारको लागि सयौं युवाहरु दैनिक विदेशिन बाध्य छन् ।
उमेरले २०/२२ वर्षकी मोरङ बेलबारी नगरपालिका वडा नं.११ लक्ष्मिमार्ग टोलकी हिमा घिमिरे एका – एक चर्चामा आएकी छिन् । प्रदेश स्तरीय कृषि सम्बन्धि प्रशिक्षणको सिलसिलामा धनकुटाको एक गोलभेंडा खेती गर्ने कृषकको गोलभेंडा फर्ममा खिचेको तस्बिर यत्तिखेर सामाजिक संजालमा भाइरल भइ रहेको छ ।
त्यही तस्बिरलाई नेपाल अनलाइन खबरको पेजमा ,साथिभाई ,स्वयंम हिमाले पनि आफ्नो फेसबुक संजालमा पोष्ट गरेपछि दिनप्रतिदिन यो तस्बिर भाइरल बनेको हो ।
आखिर को हुन् त मोरङ बेलबारीस्थित लक्ष्मिमार्ग टोलकी हिमा घिमिरे ।
तामाङपेज डट.कमले हिमा घिमिरेको बारेमा खोजतलास गर्दा केही समयअघि आईएमइ ,ग्लोबल बैंकसंग कार्य गरेका औंपचारिक शिक्षामा प्रमाणपत्र तहसम्म शिक्षा हासिल गर्दै गरेकी घिमिरे मोरङ जिल्ला ,बेलबारी नगरपालिका वडा नं.११ मा सामाजिक अभियन्ताको रुपमा कहलिएकी एक अभियन्ता हुन् ।
नाम हिरा ,हेमा भएपनि हिमा घिमिरे पिंजडाको पंछी जसरी पिंजडाभित्र सिमित रहने मानसिकताबाट बाहिरिएका घिमिरेले पारिवारिक कृषि फर्ममा तरकारी ,अन्नपात ,भैसींपालन जस्ता कार्य गरि आफुलाई सब्बल कृषि व्यवसायीको रुपमा स्थापित गरेको स्थानियवासी नाम सार्वजनिक नगर्ने शर्तमा जानकारी दिएका छन् ।
स्वदेशमा नै पसिना बगाउनु पर्छ,अन्याय,अत्याचारको विरुद्ध ,भ्रष्टाचार न्युनिकरणको विरुद्ध ,महिला अधिकारका लागि तल्लिन छिन् – कृषि व्यवसायी एवं सामाजिक अभियन्ता हिमा घिमिरे ।
आफ्नो फेसबुक संजालमा कलम जति फेरेपनि आखिर लेख्ने कुरा मनकै हो भन्ने स्टाटस समेत लेखिकी हिमाको स्वभाव ,सोच,विचार र व्यवहारलाई हामी जोकोही नेपालीले मनन गरेर व्यवहारमा लागू गर्न सक्यो भने नेपालको कृषि क्षेत्रमा मोरङ बेलबारीकी कृषि व्यवसायी एवं सामाजिक अभियन्ता हिमा घिमिरे एक सबल पात्रको रुपमा लिन सकिन्छ ।
त्यसैले त धनकुटाको एक गोलभेंडा खेती गर्ने कृषकको फर्ममा गोलभेंडासङ्गै खिचेको तस्बिरले मोरङ बेलबारी नगरपालिका-११ स्थित लक्ष्मिमार्गकी हिमा घिमिरेको पहिचान ,चिनारीबारे खोजतलास ,अध्ययन,अनुसन्धान हुँदै समाजमा एक सकारात्मक कृषि सम्बन्धि त्यस्मा पनि युवाहरुको कार्यबारे सोधपुछको गतिलो उदाहरण बन्न पुगेकी छिन् ।
तस्बिर श्रोत :
नेपाल अनलाइन खबर पेज।
हिमा घिमिरे।