बौंद्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपि उत्तमराज जोशिको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न,सरोकारवालाको व्यापक सहभागिता


तामाङपेज संवाददाता ।

काठमाडौं ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपको आयोजनामा मंगलबार बौंद्धस्थित कुशल पाटी प्यालेसमा महानगरिय प्रहरी परिसर,टेकु,काठमाडौंका प्रहरी प्रमुख ,वरिष्ठ प्रहरी उपरीक्षक,एस.एस.पि. उत्तमराज जोशिको प्रमुख आतिथ्यमा पर्यटक प्रहरी,स्थानिय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायहरुसँग सम्बन्धित एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

प्रमुख अतिथि एवं एसएसपि जोशिले नेपाल प्रहरीले आम नागरिकको सुरक्षा,शान्तिपुर्ण वातावरण ,सुदृढ एवं समुन्नत समाज निर्माणको लागि आम नागरिकसँग सहकार्य गर्दै  र नेपालमा घुम्न आउने पर्यटकहरुको सुरक्षाको लागि पनि विशेष कार्य गर्दै आएको जनाएका छन् ।

सो अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.६ बौंद्धका वडाअध्यक्ष दीपेन्द्र लामा,श्री बौंद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्तकुमार लो तामाङ,ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का महासचिव आङतेम्बा शेर्पा ,पर्यटन व्यवसायी निमी शेर्पा,सामुदायिक सेवा समिति ,बौद्धका अध्यक्ष एवं छ्योर्तेन मासिक पत्रिका प्रधान सम्पादक वीरबहादुर वाईवा तामाङ,सहायक प्रहरी निरिक्षक दावातेन्जी शेर्पा लगायतका बक्ताहरुले पर्यटक प्रहरी,स्थानिय प्रहरी ,पर्यटनसँग आवद्ध निकायहरुबीच सहकार्य,समझदारीको आवस्यकता रहेको बताउनु भयो।

 

अन्तरक्रियात्मक कार्यक्रममा नेपाल प्रहरी ,पर्यटक प्रहरी,पर्यटनसँग सम्बन्ध निकायहरु ,सरोकारवाला महानुभावहरुको सहभागिता रहेको पत्रकार अमित लामाले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

 

 

 

 

 

 

प्रकाशित: समय: 9:31:09  479पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार