सुनिता लुङबा गायनमा सम्भावना खोज्दै


तामाङपेज संवाददाता।
काठमाडौंं।

सुनिता लुङबा तामाङ चलचित्र क्षेत्रकी एक परिचित नाम हो। रेडियो प्रस्तोता एबम नायिकामा आफूलाई एक सफल पात्रको रुपमा उभ्याइ सकेकी लुङबाले अब गायिकाको रुपमा पनि परिभाषित गराउन खोजी रहेकी छिन् । उनको भरखरै मात्र एक अडियो गीत टिएफ च्यानलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
आफूलाई तामाङ सेलो गाउन मन लागेको र सेलोमा नाँच्न मन लागेको भन्दै लुङबाले मनमा लागेको भाबलाई गीत मार्फत व्यक्त गर्न चाहेकी छिन्। उनको मनको भाबलाई भने हुबहु सर्जक साङगे ब्लोनले शब्दमा उतारी दिएका हुन्। विश्व दोङको संगीत, नोर्बु शेर्पाको एरेन्ज रहेको गीतको मिक्सिंग भने दिपेश प्रधानले गरेका हुन् ।

प्रकाशित: समय: 8:21:06  1263पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार