दुवै मृगौला फेल भएकी सुनिता तामाङलाई सहयोगका लागि अपिल


लक्ष्मण तामाङ, धादिङ ।
धादिङ जिल्लाको गल्छी-५ दाँगर्ज(फेदि) निवासी सुनिता तामाङको दुवै मृगौला फेल भई लाखौं खर्च गइसक्दा पनि निको नभएकोले सहयोगका लागि अपिल गरेका छन् ।

हाल ललितपुरको अल्का हस्पिटलमा उपचारत तामाङलाई ५ लाख खर्च गरिसक्दा पनि निको भएको छैन । उपचारका लागि धेरै रकम लाग्ने भएकोले उपचारमा समस्या देखिएको हुँदा पीडित सुनिताको जीवन बचाउन सुनिताकी श्रीमान अविनास तामाङले सहयोग दाताहरुलाई हारगुहार गरेका छन् ।

आर्थिक अवस्था एकदम नाजुक भएकोले  सुनितालाई बचाउन यत्तिखेर सहयोगी दाताहरुले सक्दो सहयोग गर्नु पर्ने देखिन्छ । पीडित सुनिताको श्रीमान अविनास तामाङले आफुलाई मोबाईल नम्बर ९८१३८८६४०५ मा फोन गरेर उपचारको लागि सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित: समय: 19:47:15  523पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार