किस्पाङस्थित भाल्चेका सख्त घाइते लवङको उपचार्थ मोडल रोजिनाडोल्मा घलेद्वारा सहयोग प्रदान


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।

नुवाकोट ।

किस्पाङ गाउँपालिकास्थित भाल्चेका लवङ घले ,घर निर्माण गर्ने क्रममा करिब एक महिना अघि करेण्ट लागेर सख्त घाईते भै हाल काठमाडौंको महाराजगन्जमा रहेको टिचिङ हस्पिटलमा उपचार भइ रहेको छ ।

 

आर्थिक अवस्था नाजुक भएका घलेको करेण्ट लागी उपचार गर्दा दाहिने हात काटेर फाल्नु परेको छ भने करेण्टले गर्दा अझै पनि जिउभरी घाँउ नै घाउँ भएको उपचारको लागि अझै लाखौं खर्च लाग्ने चिकित्सकले बताएका छन् ।

मोडल एवं कलाकार रोजिनाडोल्मा घलेले मंगलबार टिचिङ हस्पिटलमा पुगेर व्यक्तिगत तीन हजार ,जीत यात्रीले पठाएको रकम रु.सात हजार लिलफङ घले समाज कतारका अध्यक्ष अयुश घले,सलिना घलेको हातबाट उपचारको लागि जम्मा रु.दस हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

करेण्ट पिडित घलेको उपचारको निमित्त लिलफङ घले समाज कतारले केही दिन अघिमात्र आर्थिक सहयोग प्रदान गरेको थियो।

करेण्ट लागि घाईते घलेको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेपछि तामाङपेजसँग कुराकानी गर्नुहुँदै मोडल तथा कलाकार रोजिनाडोल्माले आर्थिक अभाव भएकोकारणले केही सहयोग पुगोस् भनेर आर्थिक सहयोग प्रदान गरेको बताइन् ।

मोडल तथा कलाकार रोजिनाडोल्मा घले म्हेन्दोमाया तामाङ म्युजिक भिडियोको मोइचा रानी भिडियो सहित अन्य म्युजिक भिडियोमा समेत अभिनय गर्दै आउनु भएको छ ।

 

 

 

 

प्रकाशित: समय: 17:57:57  905पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार