तामाङपेज संवाददाता ।
ललितपुर ।
कोन्ज्योसोम गाउँपालिकामा गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले सोमबार दुई दिने कुखुरा पालन कृषक पाठशाला कार्यक्रमको समापन समारोहमा गाउँपालिका भित्रका २५ घर कुखुरापालन गर्ने कृषकहरुलाई चौंघरेमा कुखुरा चल्ला,सामग्री र प्रमाण पत्र प्रदान गर्नु भएको छ ।
सामग्री प्रदान गर्नुहुँदै अध्यक्ष सिंतानले गाउँपालिका भित्र रहेका भैंसी ,गाई,कुखुरा,बाख्रा वस्तुभाउको अनिवार्य विमा गर्नु पर्ने,कृषकहरुलाई पर्ने समस्याको समाधान गर्न कोन्ज्योसोम गाउँपालिका तयार रहेको जनाएका छन् ।
समापन समारोहमा कोन्ज्योसोम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महत,प्रशिक्षक डा.सुरज गुरुङ ,कृषकहरुको सहभागिता रहेको स्थानिय युवा समाजसेवी एल.कुमार तामाङले जनाउनु भएको छ ।