गिम्दीस्थित बाँजगाउँमा मोटरबाटो पुग्यो, सांसद चेतनाथ संजेलद्वारा कृषकहरुलाई विरुवा प्रदान


श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

वाग्मती गाउँपालिका-७ गिम्दीस्थित बाँजगाउँमा मोटरबाटो निर्माण गरि पुगेको छ ।

गिम्दीको मगरगाउँ हुँदै बाँजगाउँ चमेरा गुफा मोटरबाटो अन्तर्गत हुलाक भन्ज्याङसम्मको मोटरबाटोमा ललितपुर क्षे.नं.१(ख) प्रदेश सभा सांसद चेतनाथ संजेलको पहलमा प्रदेश नं.३ सरकारबाट सो बाटो निर्माण गर्न रु.५० लाख बजेट विनियोजित भएर मोटरबाटो बाँजगाउँसम्म मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष जयराम स्याङतान तामाङको अध्यक्षतामा गठीत समितिले मोटरबाटो निर्माण गरेको हो।

सोमबार प्रदेश सभा सांसद चेतनाथ संजेलले गिम्दीस्थित बाँजगाउँमा पुगेर स्थानिय उपभोक्ता र स्थानिय बासिन्दाहरुलाई मोटरबाटोको कार्य सम्पन्न गरेकोमा धन्यबाद ब्यक्त गर्दै ,जनताले चाहेको विकास निर्माण ,शुख ,दुखमा साथ दिन तयार रहेको भन्नू हुँदै,स्थानिय वासिहरुलाई एक अर्को  कार्यक्रममा कृषकहरुलाई आँप,फलफुलहरुको विरुवा प्रदान गर्नु भएको थियो ।

वाग्मती -७ गिम्दीका वडाअध्यक्ष नवराज संजेलकानुसार फलफुलको बिरुवा वितरण समितिका अध्यक्ष स्थानिय कर्णप्रसाद दुलालले केही दिन अघि रौतहट चन्द्रनिगाहपुरबाट ५० किमि टाढाबाट प्रदेश सरकारको सहयोगमा खरिद गरिएको आँपको ६ हजार र लिचिको ४ हजार बिरुवा गिम्दीमा आईपुगेको ,सो विरुवा क्रुषकहरुले रोप्यो कि रोपेन भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट पन्ध्र दिनका लागि खटिने कर्मचारीहरुले कृषकहरुको घर घरमा पुगेर निरिक्षण गर्ने कुरा जनाएका छन् ।

 

 

सोमबार गिम्दीस्थित बाँजगाउँमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गम्भिरबहादुर राणा,कृष्ण बल तामाङ ,संचारकर्मीहरु लगायतका महानुभावहरु पुगेका थिए ।

 

वाग्मती गाउँपालिका गिम्दीस्थित बाँजगाउँ,वर्किथुम लगायतका गाउँ,वस्तिहरु अति विकट क्षेत्रमा रहेको छ भने बाँजगाँउमा मोटरबाटो पुगेपछि स्थानिय वासिन्दा खुशी रहेका छन् ।

 

 

 

प्रकाशित: समय: 9:34:58  923पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार